Comments Add Comment

रौतहटका ७ स्थानीय तहको परिणाम सार्वजनिक, कांग्रेसले ४ तह जित्यो

राजपा नेता अनिल झाको गाउँपालिका कांग्रेसको पोल्टामा

७ असोज, गौर । रौतहटका सात स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाम सार्वजनिक हुँदा कांग्रेसले ४, संघीय समाजवादी फोरमले २ र राजपाले १ स्थानमा जित निकालेका छन् ।

कांग्रेसले वृन्दावन, राजपुर, राजदेवी नगरपालिका र दुर्गाभगवती गाउँपालिकामा जितेको छ । त्यस्तै संघीय समाजवादी फोरमले बौधीमाई नगरपालिका र माधवनारायण नगरपालिकामा विजय हासिल गरेको छ । गुजरा नगरपालिकाको परिणाम भने राजपाको पक्षमा परेको छ ।

वृन्दावन नगरपालिकाको मेयरमा कांग्रेसका रामस्नेही यादव र उपमेयरमा नुरजहा खातुन विजयी भएका हुन् । यादवले ५९४६ र खातुनले ६०२१ मत पाएका छन् ।

त्यस्तै राजपुर नगरपालिकामा कांग्रेसकै मोहम्मद सकिल अख्तर ४०३०४ मतसहित मेयरमा निर्वाचित भएका छन् । उपमेयरमा ४२३० मत ल्याउँदै कांग्रेसकै सजिरा खातुन विजयी भइन् ।

राजदेवी नगरपालिकामा कांग्रेसका धीरेन्द्र सिंह २७८० मतसहित मेयर निर्वाचित भएका छन् । उपमेयरमा भने संघीय समाजवादी फोरमकी अंशु सिंहले जितिन् । उनको मत २२७९ छ ।

दुर्गाभगवती गाउँपालिकामा कांग्रेसका अरुण साह २७४१ मतसहित मेयरमा र मन्जु झा २१३८ मतसहित उपमेयरमा निर्वाचित भएकी छन् । दुर्गाभगवती गाउँपालिका राजपाका अध्यक्ष मण्डलका एक सदस्य अनिलकुमार झाको गाउँ हो ।

बौधीमाई नगरपालिकामा संघीय समाजवादी फोरमका राजु यादवले जित निकालेका छन् । उनी २९७९ मतका साथ विजयी भएका हुन् । यस्तै उपमेयरमा संघीय समाजवादी फोरमकै प्रेमलता कुश्वाहा २६६९ मत पाएर निर्वाचित भइन् ।

माधव नारायण नगरपालिकामा मेयरमा संघीय समाजवादी फोरमकै वीरेन्द्र यादव ३३४८ मतसहित विजयी भए । तर, उपमेयरमा भने माओवादी केन्द्रकी सिमलकुमारी साह विजयी भएकी छन् । उनले २९२४ मत पाएकी छन् ।

गुजरा नगरपालिकाको परिणाम राजपाको पक्षमा गएको छ । त्यहाँ मेयरमा सन्तलाल प्रसाद चौधरी ५०७५ मतसहित विजयी बने । यस्तै उपमेयरमा पनि राजपाकै रोशन खातुन ३७४५ मतसहित निर्वाचित भएकी छन् ।

रौतहटका १८ स्थानीय तहमध्ये अब गरुडा र कटहरिया नगरपालिकाको मात्रै अन्तिम मतपरिणाम आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment