Comments Add Comment

गोरखाको प्रहरी हिरासतबाट ३ थुनुवा फरार

७ असोज, गोरखा । सार्वजनिक मद्दाअन्तर्गत सजाय भोगिरहेका ३ जना थुनुवा जिल्ला प्रहरी कार्यालय, गोरखाको हिरासतबाट फरार भएका छन् । शुक्रवार राति करिब १२ः४५ उनीहरु फरार भएका हुन् ।

शौचालय जाने बाहना बनाएर उनीहरु शौचालयकै भेन्टिलेसनबाट भागेको प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिए । ‘ट्वाइलेटको भेन्टिलेसनमा एउटा सानो रड थियो, त्यही बंगाएर भागेछन्,’ उनले भने ।

फरार हुनेमा १७ वर्षीय दिपेश मजकोटी, अभिषेक अधिकारी र सन्दिप सर्खेती रहेको प्रहरीले जनाएको छ । उनीहरु तीनैजना सार्वजनिक मुद्दाअन्तर्गत सजाय भोगिरहेका थिए ।

फरारमध्ये दुई पक्राउ

हिरासतबाट भागेकामध्ये दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । आफन्त पर्ने गोरखा नगरपालिका–६ डाँडागाउँकी राममाया गुरुङको घरबाट अभिषेक अधिकारी र सन्दिप सुर्खेतीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामचन्द्र शाहले बताए । दिपेश मजकोटीको भने खोजी कार्य भइरहेको उनले बताए ।

प्रहरी प्रमुख एनजीओ भ्रमणमा मस्त

जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी प्रमुख हुन्, एसपी प्रकाश अधिकारी । उनी यतिबेला एनजीओको भ्रमणमा ब्यस्त छन् । पद्दति विकास सेवा केन्द्र नामक एनजीओले चार्टर गरेको हेलिकप्टर चडेर एसपी अधिकारी र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहित जिल्लाका अन्य सुरक्षा निकायका प्रमुखहरुको टोली एनजीओको निम्तोमा गोरखाको उत्तरी क्षेत्र पुगेका छन् । शुक्रबार बिहान उत्तरी क्षेत्र प्रस्थान गरेका उनीहरु तीन दिनसम्म एनजीओको गतिविधिमा सहभागी हुने बताइएको छ ।

एसपी भ्रमणमा गएकै दिनको राति थुनुवाहरु भागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment