Comments Add Comment

प्रचण्ड भन्छन्- मधेसी जनता माओवादीको पक्षमा छन् भन्ने पुष्टि भयो

७ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश दुईको निर्वाचनले मधेसी जनता आफूहरुको साथमा रहेको पुष्टि भएको दावी गरेका छन् । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी समेत उनले दिएका छन् ।

काठमाडौंको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले परिवर्तनलाई संस्थापन गर्न र मुलुकलाई समृद्ध बनाउन पनि माओवादी केन्द्रले आसन्न निर्वाचनमा जित्नै पर्ने दावी गरे ।

अध्यक्ष दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे ।

अध्यक्ष दाहालले प्रदेश नम्बर २ को निर्वाचनको परिणामले जनता आफ्नो पार्टीको पक्षमा रहेको पुष्टि भएको दावी पनि गरे। उनले प्रगतिशील राष्ट्रवादी शक्ति माओवादी भएको भन्ने सन्देश प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनले दिएको पनि स्मरण गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment