Comments Add Comment

यी दुई बिमा कम्पनी दुवैको २० प्रतिशत बोनस


८ असोज, काठमाडौं । २ बिमा कम्पनीले आइतवार लाभांश प्रस्ताव सार्वजनिक गरेका छन् ।
बिमा कम्पनीहरुमा प्रुडेन्सियल इन्स्योरेन्सको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस र कर प्रयोजन वापत १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बोनस सेयर दिएपछि कम्पनीको पूँजी ५१ करोड बराबर पुग्ने छ । कम्पनीको हाल चुक्ता पूँजी ४२ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सको पनि असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले पनि २० प्रतिशत बोनस र कर प्रयोजनबाट नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले बोनस दिएपछि चुक्ता पूँजी ६४ करोड रुपैयाँ बराबर पुग्ने छ । हाल कम्पनीको चुक्ता पूँजी ५३ करोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment