Comments Add Comment

निक्कीलाई यौन दुर्व्यवहार गर्ने सुशील नासाको साधारण सदस्यबाटै निष्काशित

२५ सेप्टेम्बर, न्यूयोर्क । यूवा कलाकार निक्की कार्कीलाई यौन दुर्व्यबहार गर्ने सुशील नेपाललाई सँस्थाले साधारण सदस्यबाट निष्काशित गरेको छ ।

गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका -नासा)को चौथो बिशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकमा नव निर्वाचित कार्यकारी उपाध्यक्ष सुशील नेपाल स्वयम उपस्थित भएका थिए । उनलाई सँस्थाले बिधान अनुसार साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

उनलाई नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा)को बिधानको धारा ५ ,परिच्छेद १ को उपधारा १ अनुसार कारवाई गर्दै निस्काशित गरेको हो ।

बिधानको साथै सँस्थाको छबिलाई उच्छृंखल गतिबाट अहितकर बनाएकोले सेप्टेम्बर २३ तारिख शनिबार कै दिन देखि लागु हुने गरी निस्काशन गरेको निर्णय गरेको कुरा नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकाल तथा महासचिब कृष्ण श्रेष्ठद्वारा जारी छापा बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

नेपालले २० बर्षीय युवा कलाकार निक्की कार्कीलाई गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लाेेट शहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायिका निक्की कार्की माथि उनले यौन दुव्र्यहार गरेका थिए ।

पीडित कार्कीले सँस्थागत कारवाही ढिलो भएकोले आफूमा परेको पीडा सामाजिक सञ्जाल मुहार पुस्तिका (फेसबुक) मार्फत प्रत्यक्ष प्रसारणमा आफूले भोगेका कुराहरु र सुशील नेपालले भनेका कुराहरु आफ्ना दर्शक, शुभचिन्तक तथा विश्व भर छरिएर रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन् ।

आरोपी र पीडक सुशील नेपाल २०१५-२०१७ का कार्यकारी समितिका सदस्य तथा २०१७-२०१९ का कार्यकारी उपाध्यक्ष समेत रहेका थिए ।

यो पनि पढ्नुस्

अमेरिकामा गायिका निक्की कार्कीमाथि यौन दुर्व्यवहारको प्रयास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment