+
+

भारतीय ट्रकको ठक्करबाट २ जनाको मृत्यु

 रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७४ असोज ११ गते १९:५१

११ असोज, नवलपरासी । नवलपरासीको कावासोतीमा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका दुम्किबास निवासी २२ वर्षीय हेमन्त पहराइन र कावासोती ८ निवासी २१ वर्षीय दिनेश थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक नविनराज राईले जानकारी दिए ।

राईका अनुसार भारतबाट सुनौली हुँदै काठमाडौंतर्फ जाँदै गरेको यु पी ३२ एस एन २७ ७१ नम्बरको ट्रकले लु ८ प ८३३७ नम्बरको मोटरसाइकलमा सवार हेमन्त र दिनेशलाई कावासोती ८ थकाली चोक नजिक ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते दुम्किबास निवासी जयराम चापागाईंको अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?