Comments Add Comment

सरकार आफैले निर्वाचन आचारसंहिता उल्लंघन गर्नु दुःखदः यादव

१२ असोज, काठमाडौं । सरकारले बारम्बार निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले रोष प्रकट गरेका छन् । उनले निर्वाचन आयोगले दिएको निर्देशनको सरकारले बारम्बार उपेक्षा गरेको आरोप लगाए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै प्रमुख आयुक्त यादवले जनतालाई आचार संहिता पालना गराउन सचेत गराउनुपर्नेमा सरकार आफैले उल्लंघन गर्नु दुःखद भएको प्रमुख आयुक्त यादवले टिप्पणी गरे ।

निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्नेमा सरकार आफै उल्लंघन गर्न उद्दत रहेको बताए । सरकारले आयोगको आदेश विपरित पटक-पटक निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनले कानुनको पालना सबैले गर्नुपर्नेमा जोड दिए ।

सरकारले आयोगको अस्तित्व र औचित्यमाथि नै प्रश्न उठाउने गरी निर्वाचन आचार संहिता विपरित काम गरेको भन्दै उनले आपत्ती जनाए । उनले यसबाट गम्भीर परिणाम निम्तिने उनले चेतावनी दिए । मन्त्रिपरिषद विस्तार नगर्न आयोगले दिएको आदेश अवज्ञा गरेको सरकारलाई उनले निर्वाचन गराउनु छ कि छैन भनी प्रश्न गरे ।

सरकारका कामकारवाही प्रति अत्यन्तै रुष्ट देखिएका प्रमुख आयुक्त यादवले घुमाउरो शैलीमा सरकारले निर्वाचनका लागि प्रतिकुल वातावरण बनाउदै लगेको आरोपसमेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment