Comments Add Comment

प्रचण्डको दशैं: दिनभर घरमै बस्ने, खसी काट्ने !

१४ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसपालि पनि दशैंको टीका लगाउने छैनन् । जनयुद्ध अघिसम्म प्रचण्डले बुबाआमाबाट टीका ग्रहण गरेर आशिर्वाद लिने गर्दथे । जनयुद्धमा होमिएदेखि उनले टीका जमरा लगाएर औपचारिक रुपमा दशैं मनाउन छाडेका छन् ।

त्यसैले आज टीकाको दिन उनी लाजिम्पाटस्थित निवासमा परिवारका सदस्य र आफन्तसँग बसेर खानपिन गरेर दशैं मनाउँदैछन् । स्रोतका अनुसार लाजिम्पाटस्थित निवासमा खसी काटेर मासुका परिकार खाने र खुवाउने योजना प्रचण्डले बनाएका छन् ।

‘दशैंको अवधिमा अध्यक्ष प्रचण्ड मुल रुपमा कार्यकर्ता भेटघाटमा नै व्यस्त हुनुहुन्छ,’ प्रचण्डको प्रेस सहयोगी मनहरी तिमल्सिनाले भने, ‘परिवारसँग घरमै बस्ने र शुभेच्छुकहरुसँग शुभकामना आदान प्रदान गर्ने कार्यक्रम छ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा विश्वास राख्छन् । दशैं, तिहार, जन्म, मृत्यु लगायतका विषयमा उनको भौतिकवादी दृष्टिकोण र व्यवहार रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment