Comments Add Comment

बर्दिवासमा डेंगुका सातजना नयाँ बिरामी फेला परे


१६ असोज, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकामा डेंगुका थप सात जना बिरामी फेला परेका छन् । बर्दिवास अस्पताल र एक निजी अस्पतालमा विरामीहरुले डेंगु परिक्षण गराएको र प्राप्त रिपोर्टहरुको आधारमा उनीहरुमा डेंगु देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा. नागेन्द्र यादवले जानकारी दिए ।

डेंगु देखापरेका मध्ये चार जनाको काठमाडौंको टेकु अस्पतालमा उपचार भइरहेको छ । अन्यको बर्दिवासमै उपचार भइरहेको छ । योसँगै महोत्तरीको बर्दिवासमा आठ महिनाको अवधिमा डेंगुबाट संक्रमित १६ जना बिरामी फेला परेको जिल्ला जनस्वाथ्य कार्यालय महोत्तरीका मलेरिया प्रमुख भागिरथ यादवले जानकारी दिए ।

जिल्लामा डेंगु देखापरेपछि स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेलले तुरुन्त संक्रमण नियन्त्रणमा जुट्न जनस्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा. नागेन्द्र यादवलाई निर्देशन दिएका छन् । जिल्लामा डेंगु देखापरेपछि स्वास्थ्य मन्त्रीबाट प्राप्त निर्देशनअनुसार भोलिबाटै काम सुरु गर्न आफूहरु तयार रहेको प्रमुख यादवले बताए ।

डेंगु संक्रमण नियन्त्रणको लागि योजनाबद्ध कार्यक्रमहरु बनाइएको छ । जनचेतनामुलक कार्यक्रमसँगै लामखुट्टे र त्यसको लार्भा मार्नको लागि औषधि छर्नेदेखि जनचेतनामुलक कार्यक्रहरु बनाइएको छ ।

आठ महिनाको अवधिमा १६ जना बिरामी फेला परेपछि अझै संक्रमण फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । तर, डेंगु प्रभावित कुल संक्रमितको संख्यामा भने एकीन भइसकेको छैन । संख्या एकीन गर्नका लागि आवश्यक कर्मचारी खटाइएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment