Comments Add Comment

समृद्धिको चाहनाले तड्पेको परदेशीको प्रश्न-नेताज्यू देउ सपनाको मूल्य

नेताज्यू तिमी बस्ने होटेलमा नेपाली दाजुभाइ देख्दा तिमिलाई मेजमान रूच्छ ?

आफ्नै घरजस्तो लाग्छ यो ठाउँ । जता जाउँ नेपाली चेहराका दाजुभाइसँग ठोक्किन पुग्छु । के छ दाइ, के छ भाइ भनेको भुइँमा झर्न पाएको हुँदैन नैराश्यता र हिनताबोधपूर्ण उत्तर पाइन्छ । यही आशा र निराशाको एउटा प्रतिनिधि उदाहरण हो गत हप्ताको मलेसिया बसाइको संस्मरण ।

केही दिन अघि, एउटा कार्यक्रममा सहभागी हुन भनि मलेसियाको राजधानी क्वालालम्पुरमा घुम्ने मौका मिल्यो । यही बसाइमा केही नेपाली दाजुभाइसँग भलाकुसारी भयो । एक दिन, कार्यक्रममा सहभागी हुन भनी म अाफ्नो झोला बोकी कार्यक्रम कक्ष तर्फ जादै गर्दा एक जना अधबैसे सेक्युरिटी गार्डले सुरक्षा जाँच गर्नुभयो । मैले आˆनो झोला देखाए अनि कार्यक्रम स्थल प्रवेश गरे ।

करिब ७० देशका ४०० जना सहभागी भेलाको रौनक छुट्टै हुने भएकोलेनै म फटाफट झोला जाँच गराई कार्यक्रम हल प्रवेश गर्ने गर्थे ।

एक दिन (कार्यक्रमको तेश्रो दिन) एक जना विदेशी मित्र मेरो नजिक आएर नेमटेग हेर्दै मैरै नाम लिएर मलाई सोधे “सेक्युरिट जाँच गर्ने उसलाई चिन्छौ, ऊ पनि तिम्रो देशको रहेछ है ?’

मैले उसलाई हास्दै उत्तर दिए-‘आधा मलेशियानै हामी छौ । तर, मलाई थाहा थिएन उनी पनि मेरै देशका हुन भनेर ।’

ऊ हास्दै भन्यो,’ए हो है ।’ फेरि प्रश्न गर्‍यो,’ किन नी ?’

उनी पनि नेपाली भने पछि, म पनि उनको नजिक गएर गफिन मन लाग्यो । एक छिनको चिनाजान पछि मात्र थाहा भयो । उँहा त स्वास्थ्यकर्मी पृष्ठभूमिको हुनुहुदो रहेछ र द्वन्द्वकालमा मेरो पहाड घरमा सेवा गर्नुभएको रहेछ ।

सामान्य रुपमा सुब्बासरहको स्वास्थ्यकर्मी खाडी मुलुकमा जागिरकै दौरान आउँछन् भन्ने मैले कल्पनानै नगरेकोले मैले उनलाई सोधे,’के कारणले सरकारी जागिर छोडेर आउनुभयो ?’

उँहाले मुख बिगार्दै भन्नुभयो,’भो सर कुरा नगरम् ।’

मेरो जिज्ञासापूर्ण अनुरोधपछि मात्र उँहाले खोल्नु भयो कथा ।

पूर्णबहादुर थापा ‘प्रभात’

‘सर, म स्वास्थकर्मी, माओवादी युद्धमा मैले जागिर छोडी विदेश रोज्नु पर्याे । म यहाँ आएको धेरै भयो । यो देश सुन्दर र विविधतापूर्ण छ । जातीय रुपमा यँहाका रैथाने र अन्य जातजाति कस्तो राम्रोसँग मिलेर बसेका छन् । हेर्नुहोस् मेरो मालिक मलाए हो, मेनेजर चाईनीज मुलुको,’ उहाँले अलि पर सेफलाई देखाउँदै भन्दै जानुभयो,’उनीहरू ईण्डियन मुलका हुन, अनि म नेपालि । करिब ५० प्रतिशत जनसंख्या भएको मलाय, २२ प्रतिशत जनसंख्या भएको चाईनिज मुलका, अनि ६ प्रतिशत भारतीय मुलका जनसंख्या भएको देशमा कस्तो मजाले मिलेर बसेका छन् ।’

उनले एकहोरो सुनाइरहे, ‘सुन्छु मेरो देशमा त पहाडी, मधेसी, दलित, ठूलो सानो, अँह यहाँ त त्यस्तो कुरो कहिल्यै आउँदैन । सबैले कामको सम्मान गर्छन्, आˆनो जिम्मेवारी पूरा गरेका छन् । कसैले पनि मेरो चार वर्षको वसाईमा रंग, जात र धर्मको विषयमा एकले अर्कालाई द्धेषपूर्ण शब्द र व्यवहार गरेको भेटेको छैन् । त्यसै यो देश छोटो समयमानै एशियन टाईगर बनेको होईन रैछ ।’
आफ्नो मनको लामो बहपछि उहाँले ल सर अब तपाई भन्नुहोस, म धेरै बोले भन्दै मलाई समय दिनुभयो । मैले भने, ‘दाजु तपाइबाट म सिक्दैछु, म यी कुरा टिप्छु है, तपाई भन्दै जानुहोस ।’

उहाँले फेरि थप्नुभयो,’सर हेर्नुहोस्, सन् २००४ सम्म संसारकै अग्लो जुडुवा टाउर प्रेटोनस केएलसीसी, जुन ८८ माला माथि र ५ मालमा अन्डरग्राउड छ । यस टावरको कल्पनाकार भनिन्छ डा. माहाथिर मोहम्मद हुन् । उनको कार्यकालमा मलेसियामा अद्धितीय विकास भयो । मलाई लाग्छ, यिनीहरू त संसारमा केही कृत्रिम कुरा गरेर विश्व रेकर्ड राख्न चाहान्छन् । तर, हामीकँहा प्राकृतिक रुपमा संसारको अगलो सगरमाथा छ, बुद्ध जन्मेको देश, खोई हामीले गर्व अनि प्रचार गरेको ? त्यसैले मलाई लाग्छ, हामी तबसम्म बन्दैनै जबसम्म हामी नेपाली हुँ भनी एकै मनका भई कर्तव्यपथमा लाग्दैनौ । हामी बन्दैनौ तबसम्म जबसम्म हामी, जातीय र क्षेत्रीय रूपमा पहाडी, मधेसी भनी एकले अर्कालाई हेपन् छोड्दैनौ । हामी बन्दैनौ तबसम्म जब हामी विचार, दृष्ट्रिकोण, दर्शन, को्रध र पुरानो संस्कार त्यागदैनो । त्यसैले विकास भनेको विचार हो । माहाथिरले सपना नदेखेको भए आज प्रेटोनस केएलसीसी कँहा बन्थ्यो । हाम्रो धरहरा ढलेको दुई वर्षभन्दा बढी भयो, अझै कसले बनाउने अत्तोपत्तो छैन् । उनीहरुले त्यस्तो संसारको अजिव टावर तीन वर्षमा बनाएर रेकर्ड राखे ।’

म घोत्लिएर उनको कुरा सुन्दै गए । उनको अनुहारमा आएको आवेग र छटपटाहले मलाई पनि सोच्न बाध्य बनायो । बिचबिचमा उनी थप्दै थिए -‘हेनुर्हाेस् सर, ऊ त्यो आइनि ऊ चाँही, चाईनिज मुलकि हो । यो मेरो बोस मलाय हो । राम्रो छ ।’ उनले थपे, ‘हेनर्ेुहोस् हाम्रै यस कम्पनीमा हामी करिब चालिस जना जति छौ, यँहा परदेशमा पनि झगडा गर्ने, अनि कहिले झापाली त कहिले सुदुरपश्चिमेली भनी एक आपसमा कुरा काट्ने यस्तो छ, म परे बिचको मान्छे । यसरि कहिले बन्ला त देश ल हजुरले भन्नु पर्‍यो, हजुर त यस्तो ठूला कन्फ्रेरेन्समा सहभागी हुनुभएको मान्छे । त्यसैले मलाई लाग्दछ, अब नेपाललाई सिंगापुर बनाउँछु भन्नेले पहिला मलेसिया आउनु पर्‍यो । यहाँको जातजाति मिलेको हेर्नु पर्‍यो अनि सिक्नु पर्‍यो । समृद्ध के हो, कसरी मानव जातिलाई सम्मान गरी देश बनाउन सकिन्छ ।’ उहाँले थप्दै जानुभयो-‘हजुरहरू जस्तै नेताहरूलाई यसरी ल्याउनु पर्‍यो तालिममा तबमात्र हामी सयौं थुंगा फूलको एउटा माला हुन्छौ ।’

उनले यसो भनिरहँदा विकास शास्त्रको विद्यार्थी, गरिबी भोगेको जाति र जातीय उन्मुक्तिको दर्दानक कथा पढ्ेको म, मेरो मनमा ज्वारभाटा चल्यो ।

लाग्यो नेपालमा बस्ने जत्तिकै प्रवासी दाजुभाइ दिदीबहिनी पनि जातीय र क्षेत्रीय कलहको डीप चिन्तामा छन् । अस्ति भेटेको भाइ, राम्री केटिसँग विवाह गर्ने सपना बोक्दै मलेसियाको मलमा सिटिक फुकि रहेछ ।

पाँच लाख जति भयो भने ब्राखा पालन गर्छु भन्ने साथि, एसी को चिसोमा बसेर हाड जोर्नी दुख्ने रोगको सिकार भएको पत्तै छैन् । वर्षभरी कमाएको रकम श्रीमतिले कतापो लगानी गरी होला भन्ने चिन्तामा बसेको होटेलको गार्डले सम्झदै छ,-‘वस २५ हजार कमाउने दिन नेपालमा कहिले आउला ?’
म पनि भन्न चाहान्छु,’बोनस खोज्ने, गाडी खोज्ने, विदेशी सँस्थाको छात्रबृत्ती र जागिर खोज्ने हे नेतागण हो कहिले आउँछ त ती दिन ।’

के तिमिहरूले मात्र हाम्रा लासमाथि हनिमुन गर्ने, के तिमिहरूको मन दुख्दैन जब तिमिहरू विदेश सयर गर्दा त्यही पल्ला घरे कान्छो असिनपसिन भएर थ्रीडी काम गरिरहेको देख्दा ?

तिमी बस्ने होटेल वा घुम्ने ठाउँमा नेपाली दाजुभाइ देख्दा तिमिलाई मेजमान रूच्छ ?

देउ सपनाको मोल । माहथिरले गरे । लिक्वानले गरे । अब तिमी कहिले पूरा गर्छाै हाम्रा ती सपना जो तिनले देखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment