+
+

४ अर्ब रुपैयाँमा बिक्यो यो कचौरा

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २० गते ११:४२

एउटा कचौराको मूल्य कति होला ? हंङकङमा हालै एउटा कचौरा झण्डै ४ अर्ब रुपैयाँमा लिलाम भएको छ ।

चिनियाँ माटोबाट बनेको उक्त कचौरा एकहजार वर्ष पुरानो हो । चीनको सांग राजवंशका पालको यो कचौरा मंगलबार हंगकंगमा कीर्तिमानी मूल्यमा बिक्री भयो ।

खरिदकर्ताले यसलाई झण्डै ३ अर्ब ८० करोड डलर मूल्य तिरेर किनेका छन् । खरिदकर्ताले आफ्नो परिचय गोप्य राखेका छन् ।

सोथबे अक्सन हाउसका अनुसार, लिलाममा राखेको २० मिनेटमै उक्त दुर्लभ कचौरा बिक्री भएको हो । कतिपयले फोनमै बोली लगाएका थिए भने कतिपय बोली लगाउनेहरु लिलाम कक्षमा पनि आएका थिए । सबैभन्दा बढी बोली लगाएर कचौरा खरिद गर्नेले चाहिँ फोनबाटै बोली लगाएका थिए ।

यो कचौरा १३ सेन्टिमिटरको छ र निलो–हरियो रंगको छ । यो कचौराका लागि सुरुवाती बोली नै १ करोड २ लाख डलर लागेको थियो ।

सन् २०१४ मा चीनको मिंग राजवंशका पालामा बनेको मदिराको प्याला ३ करोड ६० लाख डलरमा बिक्री भएको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?