+
+

ईसीडी सुधारका लागि प्रदर्शन गरिरहेका नेत्रलाई विद्यार्थी संगठनहरूको साथ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १९:०५

१० जेठ, काठमाडौं । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंको मागप्रति अन्य विद्यार्थी संगठनले पनि ऐक्यवद्धता जनाएका छन् ।

चापागाईंले माइतीघरमा २ जेठदेखि हरेक दिन बिहान १० बजेदेखि ५ बजेसम्म उभिएर एकल प्रदर्शन गरिरहेका छन् । उनले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग राखेर एकल प्रदर्शन गरिरहेका छन् ।

उनको मागमा ऐक्यवद्धता जनाउँदै बिहीबार अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल, नेविसंघका प्रवक्ता सुरज सेजुवाल, अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष इन्द्र भुषाल, अनेरास्ववियूका केन्द्रीय सदस्य मिलन राई लगायत ८ वटा विद्यार्थी संगठनका शीर्ष नेताहरूले ऐक्यवद्धता जनाएका हुन् ।

सरकारले वार्ता समिति बनाएर नबोलाएसम्म प्रदर्शन जारी राख्ने चापागाईंले बताएका छन् । उनी भन्छन् ‘शिक्षाको जग प्रारम्भिक बाल विकास कक्षा भएकोले सबैभन्दा दक्ष जनशक्ति, उच्च सेवा सुविधा र तालिमप्राप्त हुनुपर्छ भन्ने मेरो बलियो माग हो र यो सम्बोधन नभएसम्म प्रदर्शन जारी रहन्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले वार्तामा बोलाउने प्रतिवद्धता जनाए पनि अहिलेसम्म कुनै सूचना नआएको उनले बताए । मन्त्री श्रेष्ठले गत आइतबार प्रदर्शन स्थलमै गएर चापागाईंलाई भेटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?