+

एएफसी अध्यक्ष शेख सलमान नेपाल आउँदै

२०७४ असोज  २० गते १३:३९ २०७४ असोज २० गते १३:३९
एएफसी अध्यक्ष शेख सलमान नेपाल आउँदै

२० असोज, काठमाडौं । एशियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।

एएफसीका सदस्य राष्ट्रको नियमित भ्रमणका क्रममा सलमान नेपाल आउन लागेको अखिल नेपाल फुटबल संघ एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

तीनदिने नेपाल बसाइमा उनले एन्फाका पदाधिकारी तथा नेपाली फुटबलका सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम रहेको तुलाधरले अनलाइनखबरलाई जानकारी दिए ।

उनको औपचारिक कार्यक्रमबारे जानकार नरहेको तुलाधरले बताए । ‘उहाँ तीन दिन बस्ने गरी २४ गते नेपाल आउनुहुन्छ, नेपाली फुटबलका प्रतिनिधिसँग भेटवार्ता हुनेछ, एएफसीको तर्फबाट हुनसक्ने सहयोगको घोषणा पनि हुनसक्छ ।’ सिइओ तुलाधरले भने ।

डेढ वर्षअघि सम्पन्न विश्व फुटबल महासंघ अध्यक्षको उम्मेदवारको रुपमा रहेका सलमानको पक्षमा नेपालले मतदान गरेको थियो । तर उनी स्वीस नागरिक जियान्नी इन्फान्टिन्होसँग पराजित भएका थिए ।

एएफसीको अध्यक्ष निर्वाचित भएपछि सलमानले भ्रमण गर्न बाँकी सदस्य मुलुकहरु नेपाल र भुटानमात्र हो ।

भारतमा आजबाट सुरु भएको यू-१७ विश्वकप फुटबलका लागि आउने क्रममा सलमानले दुई छिमेकी मुलुकको भ्रमणको योजना बनाएको बताइएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय