Comments Add Comment

नयाँ मेस्सी, जसले सिरी एको रेकर्ड तोड्दैछन्

काठमाडौं । मार्को पेलेग्री निक्कै तनावमा देखिन्थे, कहिले टाउकोमा हात राख्थे त कहिले आफ्नो ज्याकेटको गोजीमा रहेको मोबाइल निकाल्थे । ५३ वर्षीय पेलेग्रीले आफूलाई सम्हाल्नका लागि हरसम्भव प्रयास गरे पनि सफल हुन सकेनन् र इटालियन सिरी ए क्लब जिओनाको डगआउटमा आफ्नो सिटमा बसेर रोए ।

जिओनाका टिम व्यवस्थापक पेलेग्री आफ्ना १६ वर्षीय छोरा पियट्रो सिरी ए अन्तर्गत लाजियो बिरुद्धको खेलमा सब्सिच्युड खेलाडीको रुपमा मैदान छिर्दैगर्दा उनको सम्भावित प्रदर्शनलाई लिएर चिन्तित देखिन्थे ।

तर, छोराले लाजियोबिरुद्ध दोस्रो गोल गरेपछि उनी सम्हालिनै सकेनन् ।

त्यो उनको सपना साकार भएको दिन थियो । मार्कोले एकपटक भनेका पनि थिए कि उनले आफ्ना छोरालाई जिओनाको टिमबाट घरेलु मैदानमा खेलिरहेको देखे भने उनी खुसीले मर्न सक्नेछन् । र त्यस्तै भयो, मार्कोको तस्वीर इटलीका मिडियामा चर्चित बन्यो । खेल सकिएपछि त्यस तस्वीर उनका टोरा पियट्रोलाई पनि देखाइयो । उनी पनि भावुक बने ।

तर, त्यस खेलमा जिओना लाजियोसँग ३-२ गोलले पराजित भयो । सिरी एमा जिओनाको ४० वर्षयताकै खराव सुरुवात हो ।

पेलेग्री समुदाय जिओनाकै हो । उनीहरुको बसोबास पेग्लीमा छ, जुन जिओना शहरको पश्चिम तटीय क्षेत्रमा पर्छ । क्लवको एकेडेमी पनि त्यहीँ छ ।

मार्कोले एकेडेमीको स्थापनादेखि काम गरेका थिए र अहिले उनी पहिलो रोजाइको टोलीको टिम म्यानेजर छन् । उनकी पत्नी मार्जिया, स्याम्पडोरियाका प्रशंसक हुन्, तर, छोरा पिएट्रोले भने जिओनालाई नै रोजे ।

म्याच फिक्सिङ प्रमाणित भएपछि १२ वर्षअघि जिओना सिरी एबाट तेस्रो डिभिजनमा रेलिगेट भएको थियो । त्यतिबेला क्लबका महान खेलाडी मार्को रोसी कप्तान थिए । उनी रातको खानाका लागि पेलेग्रीको घर आए र त्यहाँ उनले पेलेग्रीका छोरासँग केहि समय फुटबल पनि खेले । रोसीले जिओनाका लागि २८६ खेल खेलेका छन् र अहिले पनि जिओनाका समर्थकहरु आफ्ना आदर्श फुटबलरको रुपमा रोसीको नाम छुटाउँदैनन् ।

म्यानचेस्टर युनाइटेड जान सक्छन् पिएट्रो

इटलियन महारथी क्लब युभेन्टसका महाप्रवन्धक बेप्पे मारोट्टाले दाबी गरेका छन् कि उनले पिएट्रोलाई अनुबन्ध गर्नका लागि २ वर्षअघि नै प्रयास गरेका थिए, त्यतिबेला उनको बारेमा कसैलाई थाहा थिएन ।

यही समरमा इन्टर मिलानले ६० मिलियन युरोको प्रस्ताव पिएट्रो र जिओनाकै अर्का युवा स्ट्राइकर एडी साल्सेडोलाई गरेको थियो ।

ट्रान्सफरको डेटलाइनमा एसी मिलानले टोरिनोबाट एमबायेलाई भित्र्याएपछि पिएट्रोलाई पनि भित्र्याउन चाहेको थियो । ‘तर हामी असफल रहृयौं’ मिलानका प्रमुख कार्यकारी मार्को फासोनेले भने ।

उसले पिएट्रोका लागि पुन प्रयास गर्नेछ । केहि मानिसहरुको भनाइ यो छ कि पिएट्रोको प्रतिभा सुनिश्चित गर्नका लागि विश्वभरीकै क्लबहरु सतर्क हुनुपर्छ । तर, इटलीका ठूला तीन क्लब उनलाई आफूसँगै राख्न तँछाडमछाड गर्नेछन् ।

जिओनाका मालिक एनरिको पि्रजोसीसीले पिएट्रोसँग कुराकानी गरिरहेका छन् । इटलीका चर्चित खेलौना निर्माता एनरिकोले सन् २०१५ मै भनेका थिए कि हामीसँग नयाँ मेस्सी छ र उसलाई पेलेग्री भनेर बोलाइन्छ ।

यही वर्ष जिओना सालफोर्डमा आयोजित म्यानचेस्टर युनाइटेड पि्रमियर कपमा सहभागी भएको थियो । पिएट्रोले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे र जिओनाले रियल मडि्रडलाई हरायो, अफि्रकी फुटबल एकेडेमीलाई पेनाल्टी शुटआउटमा ४-३ गोलले हराउँदै जिओना फाइनलसम्म पुग्यो ।

तत्कालै उनीहरु बाबुछोरालाई युनाइटेडको ट्रेनिङ सेसन र ओल्ड ट्राफोटमा चेल्सीबिरुद्ध खेल अवलोकनका लागि बोलाइयो ।

तर, पेलेग्री बाबुछोराले युनाइटेड जान सक्नेकुरालाई अस्वीकार गरेका छन् । जिओना पिएट्रोको बिकासका लागि सबैभन्दा उत्कृष्ट ठाउँ भएको बुबा मार्कोको बुझाइ छ । साथै उनले राम्रोसँग बुझेका छन् कि फेडरकिो माचेदा पियरलीगोल्ली गल्लिनी र डेभिड प्याट्रेसीहरु खुवै तामझामका साथ ओल्ड ट्राफोट पुगेको थिए, तर उनीहरु कालान्तरमा हराए ।

यसका अलावा पिएट्रो हमेशा जिओनाका लागि खेल्न चाहन्छन् र उनलाई थाहा छ कि अन्य क्लबहरुबाट पनि अवसर आउन सक्छ । निओनाले पछिल्लो १२ वर्षमा ९६ जना व्यवसायिक फुटबलर जन्माएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment