Comments Add Comment

भैरहवा भन्सार घोटाला प्रकरण: कर्मचारीलाई कारवाही गर्न सजाय प्रस्ताव लगिदै

२३ असोज, भैरहवा । भैरहवा भन्सार कार्यालयमा भएको घोटाला प्रकरणमा संग्लन कर्मचारीलाई कारवाही गर्न उनीहरु विरुद्ध सजाय प्रस्ताव लैजाने प्रक्रिया सुरु गरिएको छ ।

घोटालामा संग्लन कर्मचारीलाई कारवाही गराउनका लागि अर्थमन्त्रालयमा सजाय प्रस्ताव लैजाने प्रक्रिया सुरु गरिएको भन्सार विभागका अधिकृत टंक पाण्डेले जानकारी दिए ।

कर्मचारी विरुद्ध सजाव प्रस्ताव अर्थमन्त्रालय पेश गरेर उक्त सजाय प्रस्ताव लोकसेवा आयोगमा लगिनेछ ।

घटनामा भैरहवा भन्सारका अधिकृत मानबहादुर विश्वकर्मा, नासु सुबास शर्मा, खरिदारद्धय अतुल शर्मा र विनय जोशी मुछिएका छन् । घटना पश्चात विभागले उनीहरुलाई विभागमा तानेको थियो ।

तर घटनामा मुछिएका यी चार मध्ये २ जना नासु सुबास शर्मालाई कुनै कारवाही नगरी पुरस्कार स्वरुप सर्लाही भन्सार र खरिदार विनय जोशीलाई नेपालगंज भन्सारमा कार्यालयमा सरुवा गरिएको छ । भन्सार अधिकृत मानबहादुर विश्वकर्मा र खरिदार अतुल शर्मा विभागमा रहेका छन् ।

छानबिनमै रहेको घटनामा विगभाले संग्लन कुनै कर्मचारीलाई काखा र कुनैलाई पाखा गरेको कर्मचारीहरुले गुनासो गरेका छन् ।

यस विषयमा अधिकृत पाण्डे भन्छन्-‘उहाँहरुलाई नियमित सरुवा प्रक्रिया अन्र्तगत सरुवा गरिएको हो ।

घटनामा भैरहवा भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्य समेत मिलोमतो रहेपनि विभागले उनलाई चोख्याउँदै आएको छ । र, उनले पनि आफु जोगिनका लागि माथि सम्म सेटिङ मिलाइसकेको स्रोतको दावी छ ।

हामीले कुनै पत्र पाएका छैनौँ : रुपन्देही प्रहरी

भैरहवा भन्सार कार्यालय आयातकर्तालाई पक्राउ गर्नका लागि रुपन्देही प्रहरीलाई पत्रचार गरेको बताएपनि यता प्रहरीले भन्सार कार्यालयबाट आफूहरुलाई कुनै किसिमको पत्र प्राप्त नभएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता डिल्ली नारायण पाण्डेले कुनै व्यक्तिलाई पक्राउ गरेर भन्सारमा उपस्थित गराउनका लागि आफुहरुलाई भन्सार कार्यालयबाट कुनै पत्र प्राप्त नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment