Comments Add Comment

मोरङमा एमाले र माओवादीका बेग्लाबेग्लै उम्मेदवार (सूचीसहित)

२४ असोज, विराटनगर । आसन्न प्रतिनिधिसभा चुनावमा तालमेलको घोषणा गरेका एमाले र माओवादी दुबै दलले मोरङमा बेग्लाबेग्लै उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।

केन्द्रमा चुनावी तालमेलको जोडघटाउ भइरहेका बेला दुबै पार्टीले आ–आफ्नो तर्फबाट उम्मदेवारको नाम माथिल्लो कमिटीमा सिफारिस गरेका छन् ।

दुबै पार्टीमा उम्मेदवारका आकांक्षीहरु धेरै देखिएका छन्, जसका कारण तालमेलमा गाह्रो पर्ने पूर्वसंकेत देखिएको छ ।

एमाले उम्मेदवार–पर्शुरामदेखि लालबाबुसम्म

नेकपा एमाले मोरङ जिल्ला कमिटीले जिल्ला पदाधिकारी र क्षेत्रीय समितिका इञ्चार्जसहितको बैठक बसेर नामहरुको अन्तिम टुङ्गो लगाएको छ ।

नेकपा एमाले मोरङका अध्यक्ष बिनोद ढकालले प्रतिनिधिसभामा भन्दा प्रदेशसभामा आकांक्षी बढी देखिएकाले उम्मेदवारको नाम सिफारिसमा समस्या भएको बताए । उनले भने– पार्टीको मापदण्ड एकातिर भएको अवस्था छ मापदण्डलाई मिचेर भए पनि जिल्ला कमिटीले धेरै व्यक्तिहरुको नाम प्रदेशसभामा पठाउन बाध्य भएको छ ।’

एमाले प्रचार विभागका अनुसार सबैभन्दा बढी मोरङको ३ नम्बर क्षेत्रमा उम्मेदवारको लर्को लागेको छ । ३ नम्वर क्षेत्रबाट प्रतिनिधिसभामा सात जनाको नाम सिफारिस गरिएको छ । जसमा प्रमुख सचेतक भानुभक्त ढकाल, नेता गुरु बराल, घनेन्द्र बस्नेत, चण्डीप्रसाद राई, चन्द्रबहादुर गुरुङ, तेजमान सम्बाहाम्फे र मधु गुरुङको नाम प्रस्ताव गरिएको छ ।

क्षेत्र नम्बर ३ अन्तरगत पथरी, कानेपोखरीसहित बेलबारी र सुन्दर हरैंचाका केही वटाहरु समेटिएका छन् ।

त्यसैगरी मोरङको क्षेत्र १ बाट डा. शिवमाया तुम्बाहाम्फे र घनश्याम खतिवडाको नाम सिफारिस गरिएको छ । १ नम्बर क्षेत्रमा केराबारी, लेटाङ, उर्लाबारी र मिक्लाजुङ लगायतका स्थानीय तहहरु समेटिएका छन् ।

क्षेत्र नं २ मा भने एकजनाको मात्रै नाम सिफारिस भएको छ । सांसद ऋषिकेश पोखरेलको नाम सो क्षेत्रमा सर्वसम्मत भएको हो ।

क्षेत्र ४ मा महेश रेग्मी र जगत थापाको नाम प्रतिनिधिसभाका लागि प्रस्ताव गरिएको छ ।

क्षेत्र ५ मा बालेश्वर कामत र मीनादेवी यादवको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ६ लालबाबु पण्डित, यशोदा अधिकारी र रामलाल साहको नाम सिफारिस भएको एमाले मोरङले जानकारी दिइएको छ ।

प्रदेशसभाका एमाले उम्मेदवार

एमालेले प्रदेशसभा अन्तर्गत क्षेत्र १ (क) मा तोयानाथ खतिवडा, बलबहादुर घिसिङ, मानबहादुर श्रेष्ठ र मीना पौडेलको नाम सिफारिस गरेको छ । त्यसैगरी (ख) मा डिल्ली शर्मा अधिकारी, उपेन्द्र घिमिरे, खगेन्द्र भण्डारी, टेकबहादुर खड्का, खड्ग बस्नेत, तहसेर राई र दुर्गादेवी भण्डारीको नाम सिफारिस गरिएको एमाले मोरङले जनाएको छ ।

यसैगरी क्षेत्र २ अन्तर्गत (क) मा डीबी कार्की, चन्द्रवीर राई, मेघराज कट्टेल, गंगादेवी डाँगी, विश्वनाथ राय, भाष्कर खनाल, चन्द्र पराजुली र द्रोण पौडेलको नाम सिफारिस गरिएको छ । क्षेत्र नं २ (ख) मा लीलाबल्लभ अधिकारी, योगेन्द्र बस्नेत, इर्जालाल राजवंशी, भेषनाथ रिजाल, नैनकला ओझा, पुरुषोत्तम सुवेदी र गोपाल थापाको नाम प्रदेश कमिटीमा पठाइएको एमालेले जनाएको छ ।

प्रदेश सभामा क्षेत्र नम्बर ३ (क) अन्तर्गत डीपी राई, मातृकाप्रसाद ढकाल, रोशननाथ उप्रेती, भुपाल बस्नेत, राजकुमार ओझा, राजकुमार बस्नेत र बासुदेव थापाको नाम सिफारिस गरिएको छ भने (ख) नम्बरमा रामकुमार बस्नेत, मानप्रसाद लिम्बु, युवराज बास्कोटा, मोहन न्यौपाने, युवराज भट्टराई, टीकाप्रसाद गौतम, भोला अधिकारी, पीपी थापा मगर, रविन थापा र सरस्वती चौधरीको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

क्षेत्र नम्बर ४ (क) अन्तर्गत कुमार आचार्य, नन्दराज गिरी, जितनारायण सरदार, मुकेश बुढाथोकी, गुणावती धामी, मिलन राई, नरेन्द्र बस्नेत र मोहनलाल सरदारको नाम सिफारिस भएको छ भने (ख) नम्बरमा जीवन घिमिरे, कमल भट्ट, केशव गौतम, बाबुराम कार्की, सावित्रा रेग्मीको नाम सिफारिस गरिएको एमाले प्रचार विभागले जानकारी दियो ।

क्षेत्र नम्बर ५ को (क) मा वसिम आलम र श्यामप्रसाद मण्डलको नाम सिफारिस गरिएको छ भने (ख) नम्बरमा धर्मानन्द सञ्जेलको नाम सिफारिस गरिएको छ ।

त्यस्तै क्षेत्र नम्बर ६ (क) प्रदेश सभाका लागि अन्तर्गत सत्यनारायण चौधरी, पीतकुमार श्रेष्ठ, अजम्बर राई, एकराज भट्टराई, तारा राई, लक्ष्मी फुयाँल, रोहित कोइराला र सागर थापाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभामा मोरङको ६ नम्बर प्रदेश अन्तरगत (ख) नम्बरमा चूडामणि आचार्य, पर्शुराम बस्नेत, गिरेन्द्र कार्की, मणि दाहाल, रविन नगरकोटी, रमेश पोखरेल, राधेश्याम कट्टेल, हिमा मैनाली, सागर थापा र सरस्वती खरेलको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

माओवादीले माग्यो दुई सीट

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि माओवादी केन्द्रले पनि उम्मेदवारको नाम टुङ्गो लगाएर केन्द्रमा सिफारिस गरेको छ । केन्द्रमा चुनावी तालमेल नहुँदै माओवादी केन्द्रले पनि एमालेले जस्तै उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आएका नामावली केन्द्रमा सिफारिस गरिसकिएको माओवादी मोरङका संयोजक गोपी आछामीले जानकारी दिए ।

माओवादीले प्रतिनिधिसभाका लागि मोरङ क्षेत्र नं १ बाट कुशल लिम्बू, २ बाट गणेश उप्रेती, ३ बाट शावित्रीकुमार काफ्ले, ४ बाट विजय थारु, ५ बाट शिवकुमार मण्डल र ६ नम्बरबाट अमनलाल मोदीको नाम केन्द्रमा सिफारिस गरेको छ ।

केन्द्रमा चुनावी तालमेल भएमा प्रतिनिधिसभाको निर्वाचनमा मोरङका ६ वटा क्षेत्रमध्ये माओवादी केन्द्रले २ वटा क्षेत्र आफूले पाउनुपर्ने मागदाबी गरेको छ । केन्द्रमा ६०/४० का आधारमा सहमति भएकाले मोरङमा माओवादी केन्द्रले २ वटा क्षेत्र पाउने संयोजक आछामीले अनलाइनखबरलाई बताए ।

माओवादी केन्द्रले क्षेत्र नम्बर १ र ५ मध्ये एउटा आफूले पाउनुपर्ने मागदाबी गरेको छ । प्रदेश सभाका १२ स्थानमध्ये उसले ४ वटा क्षेत्रमा  दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment