+
+
Shares

अमिताभले सलमानसँग फिल्म खेल्न किन मानेनन् ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २४ गते १३:२७


नायक अमिताभ बच्चनसँग चलचित्र ‘रेश ३’मा काम गर्ने अर्का नायक सलमान खानको इच्छा अधुरै भएको छ । यो चलचित्रमा नायक सलमान खान र नायिका ज्याकलिन फर्नान्डेजको जोडी पक्का भैसकेका छन् । अब, अन्य कलाकारको खोजी गरिरहेको निर्देशक रेमो डिजुजाले भारतीय मिडियालाइ बताएका छन् ।

अमिताभले आखिर किन सलमानसँग काम गर्न मानेनन् ? कतै सलमान र अमिताभको सम्बन्ध नराम्रो भएर त होइन ? कतै अमिताभकी बुहारी ऐश्वर्या बच्चनको कारणले अमिताभले सलमानसँग काम गर्न नमानेका त होइनन् ?

अमिताभले यी सबै कुरालाइ नकारेका छन् । ‘रेश ३’को छायांकन अक्टोबर र नोभेम्बरमा हुनेछ । अमिताभले यो समयमा चलचित्र ‘झुन्ड’का लागि समय दिएका छन् । यसैले, पनि उनले ‘रेश ३’का लागि समय दिन नसकेका हुन् । ‘झुन्ड’मा पहिले नै संझौता गरिसकेकाले अमिताभले सलमानसँग काम गर्न नसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?