Comments Add Comment

अमेरिकामा रविको ‘तिता मिठा सम्झनाले’ सार्बजनिक 

१० अक्टोबर, न्यूयोर्क । ‘आखिर टाढा भैहाल्यौ, पछि लाग्नु ब्यर्थै भयो’,  र ‘पैसा बिना’  बोलको गीतबाट चर्चित बनेका गायक रबि बज्राचार्यको अर्को गीत ‘तिता मिठा सम्झनाले’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

सान फ्रान्सिस्कोमा रहेको नेपाली, प्रोडक्सन कम्पनि एस बाबु प्रोडक्सनले निर्माण उक्त भिडियो निर्माण गरेको हो  ।

बिनोद बस्नेतको शब्द रहेको यस गीतमा संगीत पनि रबि बज्राचार्यकै रहेको छ । गायकले यो गीत लाई उन्को एल्बम ‘इम्पल्स अफ लभ’मा समाबेश गरेका छन।

दिपेश भण्डारी र सदिक्षा पोख्रेलको अभिनय रहेको उक्त भिडियोको छायांकन एबं सम्पादन अनुप गिरिले गरेका हुन् भने निर्देशन एस बाबु सन्दिप ले गरेका हुन्  ।

भिडियोको सबैजसो छायांकन अमेरिकाको सन् फ्रान्सिस्को मै गरिएको छ ।

 

भिडियो हेर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment