+
+

एकैपटक दुई फिल्ममा अन्तरिक्ष यात्रीको भूमिका निभाउदै प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २५ गते ८:३०

केही समययता हलिउडमा व्यस्त बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडा चाँडै नै हिन्दी फिल्ममा र्फकने तयारीमा छिन् । उनले दुई वटा फिल्ममा एउटै भूमिका गर्ने तय भएको छ ।

पि्रयंकाले निभाउन लागेको भूमिका हो, अन्तरिक्ष यात्रीको । उनले चाँडै नै भारतीय अन्तरिक्ष यात्री कल्पना चावलाको बायोपिकमा काम गर्नेछिन् । यसका अलावा उनले आमिर खानको अन्तरिक्ष यात्रीमाथि नै आधारित अर्को फिल्ममा पनि काम गर्ने निधो भइसकेउको छ । यो फिल्म पूर्व अन्तरिक्ष यात्री राकेश शर्मामाथि आधारित हुनेछ जसको नाम राखिएको छ, ‘सैलुट’ ।

सैलुटमा प्रियंकाले काम गर्ने चर्चा पहिलेदेखि नै चलिरहेको थियो । तर, यो पुष्टी भएको थिएन कि उनले कुन भूमिका निभाउनेछिन् । यसअघि उनले आमिरकी श्रीमतीको भूमिका निभाउने अनुमान गरिएको थियो । तर अहिले आएको ताजा खबर अनुसार पि्रयंकाले यस फिल्ममा पनि अन्तरिक्ष यात्रीकै भूमिका निभाउनेछिन् ।

बलिउडमा कुनै पनि हिरोइनले अन्तरिक्ष यात्रीको भूमिका निभाउन लागेको यो पहिलो पटक हो । त्यसमा पनि दुई फिल्ममा एकैपटक एउटै भूमिका निभाउनु त दुर्लभ कुरा नै भयो । पि्रयंका अहिले क्वान्टिको सिजन ३ मा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?