+

विश्वकप गुमाएसँगै रोबिनले लिए सन्यास

२०७४ असोज  २५ गते ८:३० २०७४ असोज २५ गते ८:३०
विश्वकप गुमाएसँगै रोबिनले लिए सन्यास

२५ असोज, काठमाडौं । विश्वकप गुमाएसँगै नेदरल्याण्ड्सका कप्तान आर्जेन रोबिनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

युरोपियन छनोटको समूह ए अन्तरगत मंगलबार राति भएको खेलमा रोबिनको दुई गोलको मदतमा डच टोलीले स्वीडेनमाथि २–० गोल अन्तरको जित निकालेको थियो ।

तर, प्लेअफका लागि यो पर्यास्त भएन । नेदरल्याण्ड्स र स्वीडेनको समान १९ अंक भयो । गोल अन्तरमा स्वीडेन दोस्रो स्थानमा रह्यो र प्ले अफका लागि छनोट भयो ।

बार्यन म्युनिखका फवार्डले भने, ‘यो सहज निर्णय थिएन । तर, म ३३ वर्गाको भएँ र अब क्लबमा केन्द्रित हुन्छु ।’

रोबिनले २००३ को अप्रिलमा डेब्यू गरेका थिए । त्यसयता ९६ खेल खेलेका उनले ३७ गोल गरेका छन् । नेदरल्याण्ड्सका सर्वाधिक गोलकर्तामा उनी चौथो स्थानमा छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय