Comments Add Comment

विराटनगर महानगरले पेश्की फर्छ्याैट गर्न सकेन

२ करोड बढी डुब्ने चिन्ता

२५ असोज,विराटनगर । विराटनगर महानगरपालिकाले वर्षाैदेखिको पेश्की फर्छ्याैट गर्न नसक्दा सवा करोड  रुपैयाँ डुब्ने अवस्थामा पुगेको छ ।

तत्कालीन उपमहानगरपालिकाबाट ३९० पूर्व कर्मचारी, संघसंस्था, उपभोक्ता समिति र राजनीतिक दलसहितका पूर्व पदाधिकारीहरुले ३ करोड १५ लाख पेश्की लिएका थिए ।

०६५ साल भन्दा अघि उनीहरुले विभिन्न शीर्षकमा लिएको पेश्की महानगरपालिका बनिसक्दा पनि महानगरपालिकाले असुली गर्न सकेको छैन ।

महानगरपालिकाले ३९० जनाबाट ३ करोड १५ लाख रुपैयाँ अशुल गर्न वाँकी देखिन्छ ।

महानगरपालिकाका लेखा अधिकृत संजिवकुमार भट्टराईले १८ वर्ष अघि तत्कालीन उपमहानगरपालिकाबाट विभिन्न शीर्षकमा लिएको पेश्की वुझाउन पटकपटक पत्रचार गरेपनि अटेर गरेकाले पेश्की रकम फर्छ्याैट हुन नसेको बताए ।

उनले पेश्की असुल गर्न पेश्की फर्छ्याैट समिति समेत गठन गरेका गरेको भन्दै यस बीचमा २ करोड ३५ लाख मात्र असुली भएको जानकारी दिए ।

पेश्की फर्छ्याैट लागि आर्थिक वर्ष ०६९/७० मा मधुवावु तिवारीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले पटकपटक पेश्की लिएका सवैले सार्वजनिक सूचना जारी गर्दा समेत रकम तिर्न अटेरी गर्दै आएको महानगरपालिका कार्यालयले जनाएको छ ।

कार्यालयवाट पेश्की लिएका व्यक्ति,संघ सँस्थाले पेश्की लिएको ३५ दिन भित्रै फर्छ्याैट गर्नु पर्ने कानुनी प्रावधान छ ।

पेश्की लिने पूर्व वडा अध्यक्षदेखि कर्मचारीसम्म

तत्कालीन उपमहानगरपालिकाबाट पेश्की लिनेहरुमा सबैभन्दा बढी पूर्व वडा अध्यक्ष र वडा सदस्य छन् ।

केही पूर्व कर्मचारी, संघसंस्था र उपभोक्ता समिति समेत रहेका छन् ।

उनीहरुको २ हजार रुपैयाँदेखि करिव ९ लाख रुपैयाँ पेश्की फछ्र्यौट गर्न बाँकी देखिन्छ ।

महानगरपालिकाको लेखा शाखाको तथ्याङक अनुसार आर्थिक बर्ष ०७२/७३ सम्म ३ करोड १५ लाख फर्छ्याैट हुन वाँकी देखिएको छ ।

महानगरपालिका कार्यालयको तथ्याङक अनुसार पेश्की फर्छ्याैट हुन बाँकी देखिएको मध्ये सवैभन्दा बढी ८ लाख रुपैयाँ विराट खानेपानी उपभोक्ता समितिको छ ।

त्यसैगरी टेक्सी स्टेण्ड शौचालय पक्की नाला निर्माण उपभोक्ता समितिले ६ लाख ९१ हजार, आँखा अस्पताल दक्षिण पिच सडक उपभोक्ता समितिको २ लाख ७७ हजार, पिच सडम उपभोक्ता निर्माण समितिको ३ लाख ३५ हजार ९०० रुपैयाँ बाँकी रहेको छ ।
यता पूर्व वडा अध्यक्ष रमेशकुमार घिमिरेले सबै भन्दा वढी ७ लाख ३८ हजार ५०० रुपैयाँ फर्छ्याैट गर्न वाकी रहेको छ ।

उनी तत्कालीन समयमा विराटनगर-६ का वडा अध्यक्ष हुन् । यसैगरी साविकको वडा नम्वर १० का पूर्व वडा अध्यक्ष दिपक कोइरालाले ४ लाख २८ हजार ५६ रुपैयाँ फर्छ्याैट गर्न बाँकी छ ।

साविकको वडा नम्वर १५ का पूर्व वडा अध्यक्ष गणेशवहादुर क्षेत्रीले ३ लाख ९० हजार ७ सय ७५ रुपैयाँ फछ्र्यौट गर्न बाँकी देखिन्छ ।

महानगर एक्सनमा जाने

तत्कालीन उपमहानगरपालिकाबाट पेश्की लिएर रकम फछ्र्यौट गर्न अटेर गर्नेलाई कार्वाही प्रकृयामा जाने तयारी गरेको छ महानगरले गरेको छ ।

पटक पटक बेरुजु फछ्र्यौट गर्नका लागि ताकेता गरेपनि असुली हुन नसकेपछि महानगरले एक्सनमा जाने तयारी गरेको हो ।

महानगरपालिका कार्याकारी अधिकृत दिपक कोइरालाले धेरै पटक पत्रपत्रिकामा सूचना दिएको र केहीले पेश्की फर्छ्याैट गर्न आव्हान गरेपनि अटेर गरेपछि अव त्यस्ता व्यक्ति, संघ संस्थालाई कानुन अनुसार उनीहरुको जायजेथाबाट असुली गर्ने तयारीमा जुटेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment