Comments Add Comment

यी कुरालाई बुझ्नुभएन भने चाडै बुढ्यौलीले गाँज्नेछ: शिल्पा सेट्ठी

बलिउड अभिनेत्री शिल्पा शेट्टी, जो अहिले योगगुरुको रुपमा चर्चित छिन् । त्यसो त बलिउडका अधिकांश अभिनेत्रीमा ‘योग’ एडिक्सन नै छ । उनीहरुको सौन्दर्यको राज पनि यहिं हो ।

शिल्पा पाँच बषिर्य बच्चाकी आमा हुन् । तर, देख्दा उनी सुन्दर, तन्दुरुस्त र स्वसथ्य लाग्छ । उनको अनुहारको चमक र शरीरको वान्की कुनै किशोरीको भन्दा फरक छैन ।

यसो हुनुमा उनको ठूलो लगानी छ । शिल्पाले भनेकी छिन्, ‘यो अचानक भएको होइन । व्यायाम, सहि खानपान, पर्याप्त निन्द्रा, पर्याप्त पानीको कारण यस्तो भएको हो ।’

उनी मस्त निदाउने र राम्रो महसुष गर्ने व्यक्तिसँग संगत गर्न रुचाउँछिन् । त्यही कारण १० बर्षअघि जस्तो देखिन्थ्यो, आजपनि उनी उस्तै देखिएका हुन् ।

रोग र गर्भावस्थामा पनि कसरी फिट ?

त्यसो त शिल्पाले यसबीचमा केहि स्वास्थ्य समस्या पनि भोगेकी थिइन् । उनलाई अस्टियोपीनिया अर्थात हड्डी कमजोर हुने रोग थियो । त्यतीमात्र होइन, जब उनी गर्भवती थिइन्, त्यसबेला उनको तौल ३२ किलो बढेको थियो । यस्तो अवस्थामा उनीसँग फिट रहने के मन्त्र थियो ?

‘आफ्नो शरीरलाई सुन्नुहोस् । सबैभन्दा पहिला त यसलाई रोगको चपेटामा आउन दिन हुँदैन । आफ्नो जीवनशैली बदल्नुपर्छ ।’

अहिलेसम्म पनि तपाईको शरीर तन्दुरुस्त छ, अर्थात सर्वश्रेष्ठ सेपमा हुनुहुन्छ, यसको लागि के गर्नुहुन्छ ?

म अहिले जस्तो देखिन्छु, त्यसको पछाडि केहि कुराको सामूहिक योगदान छ । जस्तो कि आफ्नो शरीरलाई बुझ्नु, जीवनशैलीमा परिवर्तन, हरेक कुरालाई हेर्ने फरक दृष्टिकोण र अनुभव । अक्सर हामी युवाअवस्थामा आफ्नो शरीरलाई विर्सन्छौ र अरु कुरामा ध्यान केन्दि्रत गर्छौ । यो नै हाम्रो गल्ती हो ।

जीवनशैलीमा परिवर्तन ल्याउन कसरी प्रेरित हुनुभयो ?

मलाई आमा बनेपछि केहि परिवर्तन हुनुपर्छ भन्ने महसुष भयो । जब बच्चा मेरो पेटमा थियो, तब मैले खानपानमा गरिरहेको नियन्त्रण छाडिदिए । जे मनलाग्छ, त्यो खान्थें । यसले मेरो तौल ३२ किलोसम्म बढ्यो । म साइजमा ८ बाट १६ मा पुगें । मलाई लाग्यो कि, म सुन्दर देखिएकी छैन ।

बच्चालाई जन्म दिइसकेपछि आफ्नो दाम्पत्य जीवनको लागि पनि असुरक्षित महसुष गर्न थालेकी थिएँ ।

मैले कतिपनि ढिला नगरी खानपानमा नियन्त्रण गरें । त्यसँगै योग पनि गर्न थालें । त्यसबेला मैले कार्बोहाइड्रेट नभएको खानेकुरा सेवन गरेकी थिएँ । यसरी गर्भावस्थामा बढेको तौल नियन्त्रण भयो ।

के तपाईले स्वास्थ्य सम्बन्धी समस्याको सामाना गर्नुभयो ?

केहि समयअघि मलाई आस्टियोपीनिया भएको थाहा भएको थियो । तर, मैले योगा, वेट ट्रेनिङ र डाइटमा गरेको परिवर्तनले त्यस रोगलाई जितें ।

पछिल्लो समयमा तपाई कुकिङमा पनि रुची राख्न थाल्नुभएको देखिन्छ, यसको खास कारण ?

आफ्ना एक नजिकको साथीका आमावुवा क्यान्सरले जुधिरहेको देखेपछि मैले कुकिङमा ध्यान दिन थालें । मलाई थाहा भयो कि, हाम्रो भोजनमा विषालु तत्व बढिरहेको छ । कतिपय बजारको सामाग्री खान लायक छैन । मैले प्याकेज्ड फुड्सको लेबलमा किन ध्यान दिनुपर्छ भन्ने पनि महसुष गरें । त्यसपछि मैले आफ्नो भान्साबाट ति सबै कुरा मिल्काइदिएँ । मैले रिफाइन्ड आटा र कर्न फ्लोर बन्द गरें । मीठाईमा अब प्रोसेस्ड ह्वाइट सुगरको ठाउँमा गुड, कोकोनट सुगर र महको प्रयोग गर्न थालें । यसका साथै मैले आफ्नो घरमा कृतिम रंग र त्यसखाले पेयमा बन्देज लगाएँ । मैले सहि समयमा खाने तालिका बनाएँ । यदि तपाई रातको आठ बजेपछि वा सुत्नुभन्दा दुई घण्टाअघि खाना खान बन्द गर्नुभएन भने, छिटै पाको हुनुहुनेछ । यो पक्का छ ।

तपाई उमेर बढ्ने प्रक्रियालाई रोक्न के गर्नुहुन्छ ?

उमेर बढ्ने क्रम नियमित चलिरहन्छ । तपाईको हातमा केवल यति छ कि, यसलाई कसरी बढ्न दिने ? तपाई स्वच्छ र पौष्टिक खानेकुरा सेवन गर्नुहोस् । घिउ, काचो एभोकाडो र नरिवल तेल जस्तो राम्रो फ्याट प्रयोग गर्नुहोस् । खासगरी घिउ, तपाईको हड्डीको लागि अति आवश्यक छ । यसले तपाईमो मेटाबोलिज्म र पाचन पनि सुदृढ हुन्छ ।

तपाईको मनपर्ने प्राकृतिक इन्ग्रीडिएन्ट के हो ?

म आफ्नो खाना नरिवल तेलबाट बनाउँछु । मैले अनुहारमा समेत क्रिम लगाउन छाडिदिएँ । अहिले नरिवल तेल नै लगाउँछु । ओलिभ आयलसँग मिलाएर यसलाई मेकअप रिमुभर जस्तै प्रयोग गर्छु । म आफ्नो घरेलु बडी स्क्रबमा पनि नरिवल तेल प्रयोग गर्छु ।

तपाईको बच्चा पाँच बर्षको भयो, उसको खानपानमा के कुरालाई बढी ध्यान दिनुहुन्छ ?

म उसलाई कृतिम रंग भएको पेय, जंक फूड, चकलेट, ललिपप पटक्कै सेवन गर्न दिन्न । जति संभव हुन्छ, उसलाई बाहिरको खानेकुरा सेवन गर्न दिदैनौ । घरमै बनाएको पास्ता, पिज्जा दिन्छु ।

अहिले तपाईको पतिको एक मुद्धमा फसेका छन्, यसले पक्कैपनि तनाव होला । त्यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ ?

योग र मेडिटेशन गर्नु, यसले मलाई तनाव घटाउन सहयोग गर्छ । अब मलाई जीवनको यस्तो उतार चढावले खासै असर गर्दैन । यस्तो होइन कि, तनाव छँदै छैन वा हुँदैन । तर, मेरो मस्तिष्कले तनावलाई राम्ररी व्यवस्थापन गर्न सक्छ । -एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment