आइतबार, २ पुष, २०७४
OnlineKhabar.com

चिकित्सा शिक्षा विधेयक पेश गर्न नदिने एमाले र माओवादीको अडान

अनलाइनखबर

२६ असोज, काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।

उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले बुधबार मात्र अनसनरत डा. गोविन्द केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्ने प्रस्ताव संसद सचिवालयमा दर्ता गरेका छन् । जसमा १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने उल्लेख छ ।

विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्ती मगरले तीन दलका प्रमुख सचेतक र महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका केही सदस्यलाई बोलाएका थिइन् ।

बैठकमा शिक्षामन्त्री श्रेष्ठले संशोधनसिहत विधेयक संसदमा पेश गर्न दिन आग्रह गरेका छन् । तर, एमाले र माओवादीका नेताहरुले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयक मन्त्रीले संशोधन गर्न नसकिने बताएका छन् । यदि संशोधन गर्नु पर्ने हो भने सरकारी प्रस्तावलाई फेरि महिला बालबालिका समितिमा नै पठाउनु पर्ने दुई दलको अडान छ ।

विधेयक फेरि समितिमा पठाउन सम्भव छैन । भोलि संसदको अन्तिम बैठक बस्ने तयारी छ । त्यसपछि संसदसँगै समिति रहने छैन र संसदपछि आउने संसदमा पनि यो विधेयक जाने छैन ।

कांग्रेस सांसद जीवन परियारले अनलाइनखबरसँग भने, ‘सहमति जुटेन । आज कार्यसूचीमा नआउने भयो ।’

बैठकमा सभामुख घर्तीले सहमति जुटाउन दलहरुलाई आग्रह गरेकी छन् । शिक्षा मन्त्री श्रेष्ठले भने भोलिको बैठकमा जसरी पनि कार्यसूचीमा राख्न आग्रह गरेका छन् । साथै विधेयक संसदमा पेश गर्न दिन एमाले र माओवादीलाई आग्रह गर्दै श्रेष्ठले भने, ‘सरकारले आफ्नो बहुमत पुर्‍याउन खोज्छ । तपाईंहरु सक्नुहुन्छ भने बहुमत पुर्‍याउनुस् ।’

यो पनि पढ्नुहोस् 

डा. केसीका माग सम्बोधन गर्न सरकार तयार ! बल माओवादी र एमालेको कोर्टमा

२०७४ असोज २६ गते १७:०७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७४ असोज २६ गते १४:२५

    डा.गोविन्द के.सीको माग सम्बोधन गर्ने,

    विधेयक पेश गर्न जति दिन ढिलो हुन्छ,

    बाम गठबन्धनलाई उतिनै सिट घाटा लाग्छ,

    अर्को कुरो,

    कांग्रेसले पनि यो विधेयकलाई यदि,

    राजनीतिकरण गर्ने प्रयत्न गर्यो भने,

    यो बिधेयक(केसीका माग)असफल हुनेछ,

    जुन जनताको हितमा हुने छैन l

    20
    3
    Share

  • कपिल पन्त लेख्नुहुन्छ    |   २०७४ असोज २६ गते १६:३८

    नेपाली जनताको हीतमा भएको यो विधयेक पास हुन नदिन जो जसले प्रयत्न गर्छन, उनीहरूलाइ नेपाली जनताले अवको निर्वाचनमा देखाउने छन् । कोशिस गर जनताको दिमाग घुम्यो भने थाहा पाउँछाैं ।
    जय देश जय जनता

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this