Comments Add Comment

काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु

प्रकाशमानले भने- वाम गठबन्धनको भण्डाफोर गर्नुस्

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं उपत्यकामा चुनाव प्रचार अभियान शुरु गरेको छ । क्षेत्रपाटीमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत् कांग्रेसले चुनावी अभियान शुरु गरेको हो ।

अभियानको नेता प्रकाशमान सिंहले शुभारम्भ गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै उनले पार्टीभित्रका सबै मतभेद बिर्सेर एकतावद्ध भई कांग्रेसलाई जिताउने गरी परिचालित हुन निर्देशन दिए । कम्युनिष्टहरुले भनेजस्तै साम्यवाद आए व्यक्तिगत सम्पति नहुने दाबी गर्दै उनले वाम गठवन्धनको भण्डाफोर गर्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिए ।

मुलुकको समृद्धि र विकासको अभिभारा कांग्रेसको काँधमा फेरि एक पटक थपिएको भन्दै उनले चुनावमा कांग्रेसले बहुमत ल्याउनैपर्नेमा जोड दिए ।

ग्रामीण क्षेत्रमा बाटोघाटो निर्माण, पक्की पुल, स्कुल लगायतका दीर्घकालीन संरचना नेपाली कांग्रेसकै पालामा खुलेको भन्दै सिंहले भने, ‘कम्युनिष्टहरूले गफ मात्रै दिने हो । काम गर्ने कांग्रेसले हो । मुलुकको विकास र प्रजातन्त्रका लागि फेरि एकपटक कांग्रेसको जित अनिवार्य भएको छ ।’

साम्यवादी व्यवस्था ल्याउन कांग्रेसले नदिने उदघोष समेत उनले गरे ।

कार्यक्रममा कांग्रेस नेता गगन थापाले सबैले पार्टीको निर्णय स्वीकार गरेर कांग्रेसलाई जिताउनेतर्फ लाग्न निर्देशन दिए । ‘ब्यक्ति कसले टिकट पायो-पाएन भन्दा पनि एकढिक्का भई नेपाली कांग्रेस पार्टीलाई जिताउन लाग्नुपर्छ,’ उनले भने ।

समृद्ध नेपाल निर्माणका लागि प्रदेश सभा र प्रतिनिधि सभा दुबै निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनुको विकल्प नभएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment