२७ असोज, काठमाडौं । चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएकी छन् ।
दिउँसो साढे २ बजे संसद भवन नयाँबानेश्वरमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक आह्वान गरिएको सभामुख घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा ‘बबिन’ले जानकारी दिए ।
आमरण अनसरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले संशोधन ल्याएको छ । तर, एमाले र माओवादीले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयकमा मन्त्रीले संशोधन गर्न नमिल्ने बताएका छन् ।
विधेयक रोकिने देखेपछि डा. केसीले विशेष अधिकार प्रयोग गरेर भए पनि चिकित्सा शिक्षा विधेयक अघि बढाउन सभामुखको ध्यानाकर्षण गराएका छन् ।
उनले बिहीबार पनि शिक्षा मन्त्री गोपालमान श्रेष्ठसहित तीन दलका प्रमुख सचेतकहरुसहितको बैठक आह्वान गरेकी थिइन् । तर त्यो बैठकमा कुरा मिल्न सकेन ।
प्रतिक्रिया 4