Comments Add Comment

नव-दम्पतिलाई प्लास्टिकभित्र चिप्काउने यो कस्तो फोटोग्राफी ?

जापानमा अहिले एउटा अनौठो खालको फोटोग्राफी खुबै ट्रेण्डिङ बनेको छ । टोकियोका फोटोग्राफर हारुहीको कावागुचीले नव विवाहित दम्पतिका लागि अनौठो फोटोसेसन गर्ने गरेका छन् ।

उनले नवविवाहित जोडीलाई एउटा प्लास्टिकको झोलाभित्र चिप्काएर कहिल्यै नछुट्टनिे प्रेमको प्रतिकका रुपमा तस्वीर तयार गरिदिन्छन् ।

फ्लेस लभ नामक उनको उक्त फोटो सिरिजमा जोडीलाई भ्याकुमयुक्त प्लास्टिकको झोलाभित्र राखिन्छ । त्यसपछि भ्याकुमले प्लास्टिक भित्रको सबै हावा बाहिर तानिन्छ । हावा तानिसकेपछि त्यो पातलो प्लास्टिक भित्र रहेका जोडीको जिउमा चिप्किन्छ ।

कोकुनमा चिप्किएका प्रेम पंक्षीको स्वरुपमा कावागुचीले केही तस्वीर खिचिदिन्छन् ।

जम्मा १० सेकेण्डका लागि मात्र यसरी प्लास्टिक भित्र स्वास थुनेर राखिन्छ । त्यसपछि जोडीहरुलाई अक्सिजनको बोतल दिइहालिन्छ । यदि केही भइहालेमा तत्काल उपचार गर्न डाक्टरपनि बाहिर तम्तयार हुन्छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment