+
+

बाहिर केही खान्नँ: रमेश उप्रेती

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २८ गते १४:००

नायक रमेश उप्रेती चलचित्र निर्माणमा पनि व्यस्त छन् । अचेल उनी आफ्नो चलचित्र ‘ऐश्वर्या’को प्राविधिक काममा व्यस्त छन् । नेपाली दर्शकले चाहेजस्तो फिल्म बनाएको दाबी गर्ने उनी आगामी दिनमा अभिनय र निर्माणलाई सँगसँगै अगाडि बढाउने सोचमा छन् । नायक उप्रेतीसँग अनलाइनखबरले गरेको कुराकानीः

बिहान कति बजे उठ्नुहुन्छ ?
६ देखि साढे ६ को बीचमा उठिसकेको हुन्छु ।

दैनिकी कसरी बित्छ ?
बिहान ब्रेकफास्ट खाएर क्लब जान्छु । अचेल सिनेमाकै काम गरेर दिन बित्छ ।

कस्तो अवस्थामा दिक्क लाग्छ ?
मलाई कहिल्यै कुनै कुराले दिक्क बनाउँदैन । लाइफ भनेको गडगिफ्ट हो । यसको पुरै मज्जा लिनुपर्छ भन्ने मान्यता राख्छु । कहिलेकाहीं जाममा पर्दा दिक्क लाग्थ्यो । अहिले त त्यो पनि बानी परिसक्यो । ‘यस्तै हो’जस्तो लाग्छ ।

दिनमा कति जनासँग भेट हुन्छ ?
अहिले त चलचित्रको काम भइरहेकाले दिनमा कम्तिमा ५० जनासँग भेट हुन्छ ।

महिनामा कति दिन बाहिर खाना खाइन्छ ?
म प्रायः घरमै खान्छु । बाहिर खान्नँ । ब्रेकफास्ट, लञ्च, डिनर मेरो घरमै हुन्छ । पार्टीमा जाँदा पनि म खाना खान घरमै आउँछु । बाहिर त कफी मात्रै पिउने हो । साथीभाइसँग बसेको बेला कहिलेकाहीं १/२ पिस मःमसम्म खान्छु ।

आलोचना गर्नेहरु कति होलान ?
होलान् प्रसस्तै । आलोचना गर्नेहरु त हुनुपर्छ नि । त्यो भएन भने मलाई अगाडि बढ्न अप्ठ्यारो हुनसक्छ ।

तपाइको अर्को पनि नाम छ ?
सानोमा बुवा मलाई रविन भन्नुहुन्थ्यो । तर, मेरो सरकारी निकायमा दर्ता भएको नाम रमेश नै हो ।

गाउँको के कुरा मिस हुन्छ ?
नेपाल संसारकै सबैभन्दा उत्कृष्ट मुलुक हो । म त नेपाललाई स्वर्ग भन्छु । थानकोट काट्नेबित्तिकै मलाई हरेक कुरा रमाइलो लाग्छ । कुनै ठाउँको याद आयो भने घुम्न गइहाल्छु ।

चलचित्र ‘ऐश्वर्या’को नाम कसरी राख्नुभयो ?
एउटै नाम फाइनल भएको हो । सुरुमा फिल्म बनाउने विषयमा निर्देशक नवल नेपालसँग छलफल भएको थियो । उहाँले ऐश्वर्या नाम राख्नु भयो, त्यही फाइनल भयो ।

सुटिङका केही तिता अनुभव ?
तिता मात्रै होइन, मिठा अनुभव धेरै छन् । अहिले म धेरै कुरा भन्दिनँ । एउटा कुराचाहिँ अहिलेसम्म बिर्सन सकेको छैन । गएको मंसिरको कुरा हो । चिसो मौसम थियो । सुन्दरीजलमा पोखरीमा फाइटको सुटिङ थियो । त्यसबेला मेरो अनुहारमा लागेको दाग अझै मेटिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?