Comments Add Comment

यसरी हटाऊँ बच्चामा खानाको अरुचि

काठमाडौं । हरेक आमाको चाहना हुन्छ, बच्चाले राम्ररी खाना खाइदेओस् । बच्चाले भरपेट खाना खाएपछि आमाको मन पनि अघाउँछ ।

तर, अक्सर बच्चाहरु खाना खान मानिरहेका हुँदैनन् । र, आमा र उनका अभिभावक जबर्जस्ती खुवाउने प्रयास गरिरहेका हुन्छन् ।

बच्चालाई खानामा अरुचि र भोक नलाग्नुमा उनीहरुको गल्ति हुँदैन । अभिभावकको कमजोरीको परिणाम हो यो ।

अक्सर अभिभावक केवल खानाको मात्रामा ध्यान दिन्छन् । तर, त्यसको स्तरबारे ख्याल गर्दैनन् । किनभने, बच्चालाई सानै उमेरदेखि स्वस्थ बानीमा अभ्यस्थ गराउनुपर्छ । बच्चाको खानपानमा लापरवाही गर्नु हुँदैन ।

समय तालिका निश्चित गरौं

बच्चालाई सानै उमेरदेखि निश्चित समयमा खाना खाने कुरामा अभ्यस्थ गराउनुपर्छ । बिहान उठेपछि दिनभर के-के खुवाउने भन्ने निश्चित गर्नुपर्छ ।

एउटा तालिका तयार गर्नुपर्छ, सोहीअनुसार खुवाउनु पर्छ । र, बच्चालाई तलतल लाग्ने समय ठम्याउन सक्नुपर्छ ।

चकलेट र आइसक्रिमको असर

चकलेट, कुकिज र आइसक्रिमले बच्चाको भोक हराउँछ । यी खानेकुराको सेवनले बच्चाले धेरै क्यालोरी हासिल गर्छन् । सोही कारण उनीहरुलाई समयमा भोक लाग्दैन ।

परिमाण र गुणस्तर

बच्चालाई लन्च वा डिनरमा आवश्यकताभन्दा बढी खाना दिनु हुँदैन । त्यसले उनीहरुको पाचन यन्त्रलाई असर गर्छ । निश्चित समयमा भोक पनि लाग्दैन ।

घरमा बनाइएको खानेकुरा बच्चाले जति खाए पनि असर नपर्ने अभिभावकको सोचाइ हुन्छ । तर, त्यो सोचाइ गलत हो ।

खानेकुरा जतिसुकै पौष्टिक भए पनि उचित मात्राभन्दा बढी भयो भने हानी गर्छ । पाचन प्रणालीमा त असर गर्छ नै, त्यसपछिको उसको खाने तालिका पनि गडबड हुन्छ ।

त्यसैले ठीक समयमा उचित मात्रामा खाना खुवाउनुपर्छ ।

स्वस्थ खानामा ध्यान दिनुपर्छ

बच्चालाई खानामा अरुचि हुने एउटा कारण हो, उसका निम्ति राम्रो डाइट चार्ट फलो नगर्नु । दिनमा तीन पटक भरपेट खाना दिनुहोस् । दुई पटक खाजा खुवाउनोस् ।

यसले गर्दा बच्चाको पाचनयन्त्र तन्दुरुस्त रहन्छ । ठीक समयमा भोक पनि लाग्छ । खाना खुवाउनासाथ तुरुन्तै फलफूल दिनु हुँदैन ।

जंकफुडको लतको कारण

बच्चालाई जंकफुडको लत लाग्नुको कारण अभिभावक नै हुन् । बच्चालाई भोक लागेका बेला जंकफुडको तलतल लाग्ने गर्छ ।

उनीहरुलाई भोक लागेपछि खेल्न र पढ्नमा ध्यान जाँदैन । उनीहरु खानेकुराको परिकल्पना गर्न थाल्छन् । यही क्रममा उनीहरुले बजारमा देखिने वा टीभीमा विज्ञापन आउने मीठा खानेकुरा सम्झिन थाल्छन् । र, त्यही खानेकुरा खाने इच्छा जाग्छ ।

समयमा खाना खुवाउने हो भने भोक महशुस हुँदैन र जंकफुडको साटो पढ्ने, खेल्ने र रमाइलो गर्नेतिर उनीहरुको ध्यान मोडिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment