+
+
Shares

दीपाले भनिन्-‘म रेकर्ड तोड्न आएकी होइनँ’

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २९ गते १२:३५


चलचित्र ‘छक्का पन्जा २’ले नयाँ-नयाँ रेकर्डहरु राखिरहेको समयमा यो चलचित्रकी निर्देशक दीपाश्री निरौलाले भने फरक भनाई राखेकी छिन् । चलचित्र सुपरहिट भएपछि दर्शकलाई धन्यवाद दिन मोफसल दौडमा पुगेकी दीपाले दाङका पत्रकारहरुसँग भनिन्-‘म चलचित्र क्षेत्रमा कायम भएका रेकर्ड तोड्न नभई दर्शकको मन जित्न आएको हुँ ।’

चलचित्र पत्रकार संघ, दाङले आयोजना गरेको कार्यक्रममा दीपाले भनिन्-‘चलचित्र ‘छक्का पन्जा २’को बारेमा केही मानिसले नकारात्मक टिप्पणी गरेपनि दर्शकलाई भने निकै मन परेको छ । यसैले, पनि चलचित्रले नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ ।’ चलचित्र ‘छक्का पन्जा २’को दोश्रो हाफमा जटिल बिषयवस्तु उठाएकाले पनि सबै दर्शकलाई चलचित्र वुझ्न गाह्रो भएको महशुश आफूले पनि गरेको दीपाको भनाई थियो ।

दीपाले अब आफ्नो तेश्रो चलचित्र साधारण कथामा, नेपाली लोकसंकृती जगेर्ना गर्ने कथामा निर्माण गर्ने पनि बताइन् । दीपासँगै दर्शकलाई धन्यवाद दिन पुगेकी नायिका स्वस्तिमा खड्का, निर्माता सुमन गिरीले चलचित्र सफल भएकोमा खुशी व्यक्त गरेका थिए । असोज ११ गतेबाट रिलिज भएको चलचित्रले बक्स अफिसमा १३ करोड भन्दा बढीको व्यापार गरिसकेको निर्माणपक्षको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?