+
+

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २९ गते १९:०८

२९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूची दर्ता गरेका हुन् । प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजेभित्र नै सूची दर्ता गरेको जानकारी दिइन् ।

“संविधानअनुसार सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सूची बुझाइएको छ”, उनले भनिन्, “संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा मुलुक प्रवेश गरेको छ । निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गराउन सबै वर्ग तथा क्षेत्रको उत्तिकै सहयोग र सद्भाव जरुरी छ ।”

प्रतिनिधिसभाको कुल २७५ स्थानमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद चयन हुनेछन् ।

यस्तै सातवटै प्रदेशमा प्रदेशसभाका लागि २२० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ ।

संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७/१७, जनजाति पुरुष र महिला १६/१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुई को सूची दर्ता गरिएको उनले जानकारी दिइन् ।

संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूची बुझाइएको प्रवक्ता भुसालले जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?