Comments Add Comment

छ वटा प्याराग्लाइडर फेवातालमा खसे, सबै सकुशल

फाइल फोटो

३० असोज, कास्की । पोखराको आकाशमा उड्ने क्रममा फेवातालमा खसेका प्याराग्लाइडरहरुको सकुशल उद्धार गरिएको छ । सराङबाट करीब २ः४५ बजे उडेको प्याराग्लाइडर एक्कासी आएको हावाहुरीमा परी फेवातालमा खसेका ग्लाइडरहरुको रेस्क्यू टोलीले सकुशल उद्धार गरेको हो ।

उडिरहेको ग्लाइडर लेकसाइडको उत्तरी क्षेत्रमा रहेको वाटरफण्ड, हलचोक र खहरे नजिकको फेवातालमा खसेका थिए । उनीहरुलाई तत्कालै डुंगा व्यावसायी, प्रहरी र सशस्त्र प्रहरीको रेस्क्यू टोलीले सकुशल उद्धार गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

रेस्क्यू टोलीले फ्लाई नेपाल प्याराग्लाइडिङ कम्पनीका पाइलट सुन्दर गुरुङ र सिंगापुरका नागरिक म्याक्कोलम लियोई, कस्मिक प्याराग्लाइडिङका पाइलट दीपक भट्टचन र चाइनिज पर्यटक याङ हुइयो, फ्रण्टियर्स प्याराग्लाइडिङका कमल पोखरेलको सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

त्यस्तै, पोखरा प्याराग्लाइडिङका पाइलट कमल गुरुङ र चाइनिज पर्यटक याङ यूई, ब्लु स्काई प्याराग्लाइडिङका पाइलट रामराज गौतम र चाइनिज पर्यटक पान्सिया पिङ, सोहि कम्पनीका पाइलट बालहरी पहारी र चाइनिज पर्यटक वाङ क्यूइया तथा माउण्टेन फ्लायर्सका जितेन्द्र पुर्जालाई फेवातालमा खसेको अवस्थामा सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी निरिक्षक बसन्तकुमार शर्माले जानकारी दिए । त्यस्तै, एभिया क्लबका पाइलट क्रिष्टियन डुरिनीलाई पनि ताल नजिकबाट उद्धार गरिएको उनले बतए ।

प्fmेवातालमा खसेका मध्ये चाइनिज पर्यटक वाङ क्यूइयाले पानी खाएपनि प्राथमिक उपचारपछि सामान्य रहेको बताइएको छ । उनको कानमासमेत पानी पसेकाले केहिबेर उपचार गरेर होटल फर्काइएको प्रहरीले जनाएको छ ।

हावाको बेगले गर्दा फेवाताल नजिकको आकासमा उडान गर्दै गरेका पाइलटहरुले सुरक्षित अवतरण गर्ने प्रयास गरेपनि तालमा खसेको पाइलट क्लबका अध्यक्ष कृष्ण अधिकारीले बताए । उनले उद्धारमा संलग्नहरु रेस्क्यु टोली र डुंगा ब्यवसायी र माझीहरुलाई धन्यवादसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment