Comments Add Comment

ट्राफिक व्यवस्थापन नहुँदा विराटनगर अस्तव्यस्त

३० असोज, विराटनगर । ट्राफिक व्यवस्थापन हुन नसक्दा विराटनगर महानगरपालिका अस्तव्यस्त बन्न थालेको छ ।

अव्यवस्थित रुपमा सवारीसाधन पार्किङ्गका कारण नगर क्षेत्र अस्तव्यस्त बनेको हो ।

बजार क्षेत्रमा खुल्ला पार्किङ्ग गर्ने स्थानको अभावमाले ट्राफिक व्यवस्थापन हुन नसक्दा समस्या भएको छ ।

नगर क्षेत्रका मूख्य सडकदेखि मुख्य बजार क्षेत्रका सडकहरुमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गर्ने प्रचलनका कारण नगर क्षेत्र नै कुरुप देखिन थालेको छ ।

महानगरले पेटीमा पसल थापेर व्यापार गर्दै आएका साना व्यापारीहरुको पसल हटाएको भएपनि सडकपेटी र सडक छेउ अहिले सवारीसाधन पार्किङ्ग स्थल बनेको देखिन्छ ।

ट्राफिक व्यबस्थापनका लागि महानगर, नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त काम गदै आएको छ तर पनि हुने खाने नै पार्किङ्ग निषेधित क्षेत्रमा समेत आफ्ना सवारी निर्वाध रुपमा पार्किङ्ग गरेको पाइन्छ ।

विषेश गरी अस्पताल क्षेत्र, उच्च अदालत क्षेत्र र मुख्य बजार क्षेत्रमा अव्यवस्थित सवारीसाधन पार्किङ्ग गरिदै आएको छ ।

यतिमात्र होइन नगर क्षेत्र भित्र छाडा चौपाय छाडिएका कारण समेत बजार क्षेत्र एव मुख्य सडक क्षेत्रमा सवारी आवगमन प्रभावित हुने गरेको छ ।

मुख्य सडक क्षेत्रपनि उस्तै

नगर क्षेत्र बाहिरका ६ लेन बन्दै गरेको सडक रानी-इटहरीको विराटनगर खण्डमा जताततै मालबाहक ट्रक, लरी, बस, जीप, कार, अटोरिक्सा, मोटरसाइकललगायतका सवारीसाधन पार्किङ्ग हुदै आएको छ ।

ट्राफिक प्रहरीले पार्किङ्ग निषेध गरिएको स्थानमा नै सवारी धनीहरुले आफना सवारी साधान पार्किङ्ग गनेै प्रचलन समेत बढेको देखिन्छ ।

पार्किङ्ग निषैधित क्षेत्रमा आटोरिक्सा,सपारी,मोटरसाइकल जस्ता सवारी साधान पार्किङ्ग गरिएको भएपनि ट्राफिक प्रहरी भने मुख दर्शक भएर देखेपनि नदेखे जस्तै गरी बस्ने गरेको छ ।

मुख्य सडक क्षेत्रको आयल निगम क्षेत्रमा वर्षोदेखि सडकको दुवै तर्फ पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरको पार्किङ्ग गर्ने गरिदै आएको छ ।

मुख्य सडक क्षेत्रको दायाँवायाँ दुवै तर्फ निर्वाध रुपमा पूर्वाञ्चल क्षेत्रीय आयल निगम कार्यालय आसपासका सडक क्षेत्रमा ट्याङकरहरु लमवद्ध रुपमा सडकमा राखिदै आएपनि अहिलेसम्म उनीहरुलाई कुनै कार्वाही हुन सकेको छौन ।

भारतवाट पेट्रोलियम पदार्थ वोकेर आएका एव तेल भर्न जाने ट्याङकरहरु पार्किङ्गका लागि आयल निगम कार्यालय परिसरमा पार्किङ्ग स्थल निर्माण गरिएपनि ट्याङकर चालकहरुले निर्वाध रुपमा सडकमै ट्याङकरहरु पार्किङ्ग गर्ने गरेका छन ।

बन्दै गरेको ६ लेन सडक अहिले ट्याङकरहरुको पार्किङ्ग स्थल बनेको छ ।

वर्षेदेखि आयल निगम क्षेत्र ट्याङकर तथा मालबाहक सवारीसाधन ट्राफिक प्रहरीसँगको मिलोमतोमा सडकमा पार्किङ्ग हुने गरेको बताइन्छ ।

सुन पसलको व्यापारका लागि वन-वे 

विराटनगर बजारको मूल सडकमा ट्राफिक व्यवस्थापनको लागि भन्दै वन-वे क्षेत्र निर्धारण गरिएको छ ।

शनिबार बाहेको दिन विप्लट चौकदेखि उतर मूख्य वजार क्षेत्रमा सवारी आवगमन गर्न निषेध गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी मोरङले वन-वे गरिएको मूख्य बजार क्षेत्रको सडकमा विहान स्कुल वस निर्वाध रुपमा सञ्चालन हुने गरेको छ भने त्यसपछिको समय सो क्षेत्रमा सवारी साधान प्रवेशमा रोक लगाइने गरिएको छ ।

सवारी साधान निषेधित क्षेत्रमा व्यापारीहरुको सवारीसाधन पार्किङ्ग हुँदै आएको छ ।

एकातर्फ सवारी साधान प्रवेशमा निषैध गरिएको क्षेत्रमा व्यापारीहरुको सवारीसाधन पार्किङ्ग गरिने गरेको छ भने अर्को तर्फ सुनचाँदी पसल बन्द भएको दिन वन-वे रुट क्षेत्र भएर सवारी साधान प्रवेशमा खुल्ला गरिदै आएको छ ।

स्थानीय सुनचाँदी पसलेहरुले आफूहरुको पसलमा सर्वसाधारणको ध्यान केन्दि्रत गर्न तथा ग्राहक आकषिर्त गर्न उक्त बाटोबाट ट्राफिकले वन-वे गर्दै आएको सर्वसाधानको गुनासो छ ।

ट्राफिक प्रहरीले भने बजारको मूल सडकस्थित बिप्लट चौकमा वन-वे गरेर पूर्व तर्फको सुनचादी पसल भएको रुटबाट सवारी साधन सञ्चालन गर्दै आएको छ ।

अबैध पार्किङ्ग शुल्कको जिम्मा बहिरा संघलाई

महानगरले विराटनगर बजार क्षेत्रस्थितको पार्किङ्ग शुल्क उठाउने जिम्मा कोशी बहिरा संघलाई दिइएको छ ।

नगर क्षेत्रबाट यसरी अवैध रुपमा पार्किङ्ग शुल्क उठाउन असुली गर्न नपाइने नियम रहेको छ । तर, महानगरले चाल आर्थिक बर्षका लागि कोशी बहिरा संघ मोरङलाई १ लाख ५१ हजार ८ सयमा पार्किङ्ग शुल्क उठाउन ठेक्का दिएको छ ।

महानगरका बित्त व्यबस्थापन महाशाखा प्रमुख अर्जुन थपलियालेे मूल सडकमा व्यापारी तथा सर्वसाधारणले पार्किङ्ग गरे वापतको शुल्क असुलीका कोशी बहिरा संघले लिने गरेको जानकारी दिए ।

ट्राफिक प्रहरी निरीक्षक मदन गिरीले महानगरपालिकाले टेण्डर लगाएर सडकमा पार्किङ्ग शुल्क असुली गर्न नपाइने वताए ।

उनले महानगरपालिका प्रमुखसँग कुरा गरेर खाली जग्गामा पार्किङ्गको व्यबस्थापनका लागि पहल गर्ने वताए ।

उनले आयल निगम अगाडी ट्याङकर पार्किङ्ग पनि आफूहरुले हटाउन पटक पटक ट्याङकर चालकहरुलाई आग्रह गर्दासमेत अटेरी गदै आएको वताए ।

पार्किङ्ग व्यवस्थापनका लागि चाडै काम अघि वढाइने

विराटनगर महानगरपालिका क्षेत्र भित्रको अस्त व्यस्त ट्राफिक व्यवस्थापनकको समस्या हल गर्न नयाँ विकल्प ल्याउने तयारी भई रहेको महानगरपालिका कार्यालयले जनाएको छ ।

मेयर भिम पराजुलीले महानगरभित्र रहेको बि र सि प्लटमा पार्किङ्गको व्यबस्थापन गर्ने र तैपनि नभए खाली जग्गा भाडामा लिएर पार्किङ्ग स्थाल तोक्ने तयारी भई रहेको वताए ।

उलने वढी सवारी चाप हुने समयमा पार्किङ्गस्थलको व्यबस्थापन भएपछि बिप्लट चौकदेखि उत्तरतर्फ बजार क्षेत्रमा साझ ४ वजेदेखि सवारीसाधन निषेधित क्षेत्र तोकेर सर्वसाधारणलाई शान्त वातावरणमा किनमेल गर्नु तर्फ महानगरको सोच रहेको जानकारी दिए ।

ट्राफिक प्रहरीले कडाई गर्न सकेन

नगर क्षेत्र भित्रका स्थानहरुमा पार्किङ्ग निषेधित गरिएका स्थलमा सवारी साधान राक्ने सवारी धनीलाई कार्वाही गर्न ट्राफिक प्रहरी असफल देखिएको छ ।

ट्राफिक प्रहरीको आँखा अगाडी निषेधित क्षेत्रमा सवारी साधान पार्किङ्ग गरेपनि उनीहरुले खासै चासो दिने गरेको पाइदैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक मदन गिरीले पार्किङ्ग क्षेत्र उल्लेख नभएको ठाउमा सवारी साधन पार्किङ्ग गरेको पाइएमा कार्वाही गर्ने अधिकार भएपनि जरिवना लिन समस्या हुने गरेको वताए ।

पार्किङ्ग निषेधित क्षेत्रमा सवारी साधान राखिएको पाइएमा तत्काल ५ सयदेखि १५ सयसम्म जरिबाना गर्ने अधिकार ट्राफिक प्रहरीलाई रहेको छ ।

तरपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि मै पार्किङ्ग हुँदासमेत ट्राफिक प्रहरीले कार्वाही गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment