+
+
Shares

यी हुन् समानुपातिकमा नाम परेका कांग्रेसका ठूला नेता

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ३१ गते ७:२३

३१ असोज, काठमाडौं । नेपाली कांग्रेसले यसपटक अधिकांश ठूला नेताहरुलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । यसरी समानुपातिक तर्फ उम्मेदवार बन्ने कांग्रेसका नेताहरुमा कृष्णप्रसाद सिटौलादेखि सुजाता कोइरालासम्म छन् ।

केबी गुरुङ, बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठोर, कृष्णचन्द्र नेपाली, सीतादेवी यादव र चित्रलेखा यादवकाे नाम समानुपातिककाे सूचीमा छ । त्यसैगरी महालक्ष्मी उपाध्याय ‘डिना’, पुष्पा भुसाल, लक्ष्मी परियार, सुजाता परियार, डिला संग्रौला, उमा रेग्मी, मीना पाण्डे र  मञ्जु खाण समानुपातिक उम्मेदवार बनेका छन् ।

मृदुला कोइरालालार्इ पनि कांग्रेसले यसपटक समानुपातिकतर्फकाे उम्मेदवार बनाएकाे छ । मधु शाही, रीता खनाल, सीता गुरुङ, ज्ञानकुमारी छन्त्याल, बहादुरसिंह लामालगायतकाे नाम पनि यसपटक समानुपातिकमा छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?