३१ असोज, धनकुटा । धनकुटा नगरपालिका-६ पात्लेखोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुका सुनसरीबाट धनकुटा आउँदै गरेको को १ प ९८४९ नं.को मोटरसाइकल धनकुटाबाट मूलघाट जाँदै गरेको को २ त ३५२१ नं.को ट्र्याक्टरसँग ठोक्किदा मोटरसाइकल चालक धनकुटा नगरपालिका-५ का ३१ वर्षीय सञ्जय राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार गम्भीर घाइते ३५ वर्षीय प्रदीपकुमार राईको धनकुटामा उपचार सम्भब नभएकाले धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुरेन्द्र खड्काले बताए ।
ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4