Comments Add Comment

चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुने

१ कात्तिक, काठमाडौं । सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन राजधानी बेइजिङमा आजबाट सुरु भएको छ । महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

उक्त महाधिवेशनबाट बन्ने नयाँ नीतिबाटै समग्र देश सञ्चालन हुने भएकाले यसमा विश्वव्यापी चासो छ ।

राजधानी बेइजिङसहित देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी रहेको महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सी जिनपिङले समाजवादसहित चीनको विशेषता नयाँ युगमा प्रवेश गरेको बताए ।

भ्रष्टाचार नियन्त्रणका लागि १० लाखभन्दा बढीलाई कारवाहीको दायरामा ल्याएको उनले उल्लेख गरे । उनी सन् २०१२ मा राष्ट्रपति बनेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सबैभन्दा शक्तिशाली हुन्छ । र, त्यसमा रहने नेताहरुले नै सरकार सञ्चालन गर्छन् । यस पटकको पोलिटब्युरो पनि सधैंझैं महाधिवेशनले तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment