दिपावलीमा झिलीमिली बत्तिसँगै रंगोली बनाएर धनकी देवी लक्ष्मीलाई स्वागत गर्ने प्रचलन छ । आकर्षक रंगोली बनाउने कसरी त ? हामी यहाँ केही डिजाइनहरु प्रस्तुत गर्दैछौं जसमध्ये तपार्इ एउटा छनोट गर्न सक्नुहुन्छ ।
परम्परागत रंगोली
परम्परागत रंगोली चामलको पिठो र सेता चकको पाउडरबाट बन्छ । यदि तपाईंसँग रंग छैन भने यसरी रंगोली बनाउन सक्नुहुन्छ । यो डिजाइन लाइन र डट्सद्वारा बनाइन्छ । यो एकदम सजिलो छ ।
अमूर्त रंगोली
यदि तपाईं यस दिपावलीमा आफ्ना पाहुनाहरुलाई खुशी पार्न चाहनुहुन्छ भने यस प्रकारको रंगोली बनाउनु उपयुक्त हुन्छ । यसमा चम्किलो रंगबाट अनौठो डिजाइन तयार गरिन्छ । एउठा ठूलो फुल र त्यसको वरिपरी चम्किलो रंगले जो कसैलाई आकषिर्त गर्छ ।
ईश्वरको रंगोली
यसमा तपाईं आफ्नो रोजाईको देवी-देवताको तस्वीर उतार्न सक्नुहुन्छ । त्यसो त भगवान गणेशको चित्रको रंगोली बढि बनाइन्छ, तर तपाईं आफ्नो इच्छा अनुसार जुनसुकै देवी-देवताको चित्र पनि बनाउन सक्नुहुन्छ ।
सजिलो रंगोली
यो रंगोली निकै सजिलो र सरल हुन्छ । यदि तपाईसँग ठाउँको अभाव छ भने यस्तो रंगोली बनाउन सक्नुहुन्छ । चक पाउडर वा रंगको मद्दतबाट हातले यो रंगोली बनाउन सकिन्छ ।
फुलबाट निर्मित रंगोली
यदि तपाईं रंगबाट रंगोली बनाउन सकिरहनु भएको छैन भने फूलको रंगोली पनि बनाउन सक्नुहुन्छ । बजारमा कयौं रंगका फुलहरु भेटिन्छन्, जसबाट तपाईं सजिलैसँग प्याटर्न बनाउन सक्नुहुन्छ । अलग अलग फुलबाट काफी सुन्दर रंगोली बनाउन सकिन्छ ।
ज्योमितीय रंगोली :
यो डिजाइन निकै आकर्षक हुन्छ । यसमा रेखा तथा ज्यामितीय डिजाइनबाट रंगोली बनाइन्छ । यसमा तपाईं दियोको प्रयोग पनि गर्न सक्नुहुन्छ ।
मोती र पोतेबाट बनेको रंगोली
यदि तपाईं शानदार रंगोली बनाउन चाहनुहुन्छ भने मोती र पोतेका प्रयोग गर्नुस । एउटा प्याट्रन बनाउनुस र त्यसमा रंग भर्नुस । त्यसपछि पोते, मोती र रंगविरंगी स्टोन्सको प्रयोग गर्न सक्नुहुन्छ ।
रंगीन चामलबाट रंगोली
काँचो चामललाई रंगमा मिलाएर तपाईं यस्तो रंगोली बनाउन सक्नुहुन्छ । चामललाई निकै शुभ मानिन्छ । त्यसैले तिहारमा यसको प्रयोगले शुभ लक्ष्यण प्राप्त हुन्छ । यस्तो रंगोलीमा तपाईं चामलबाट गणेशजीको तस्वीर पनि बनाउन सक्नुहुन्छ ।
बोर्डर रंगोली
यदि तपाईंको घरमा ठाउँ साँघुरो छ भने यस्तो रंगोली बनाउन सक्नुहुन्छ । ढोकामा रंगबाट लाइन बनाएर तपाईं यसलाई सजाउन सक्नुहुन्छ । यसबाट घरमा तिहारको माहोल देखिन्छ । यसमा तपाईं दियो पनि राख्न सक्नुहुन्छ ।
आधी रंगोली
शहरतिर यस्तो रंगोली बनाउन सकिन्छ । यसले थोरै ठाउँ लिन्छ र यसको डिजाइनबाट भव्यताको महसुस पनि हुन्छ ।
मयुरको रंगोली
मयुरलाई हिन्दू धर्ममा अत्यन्त शुभ मानिन्छ । मोर निकै सुन्दर पनि हुन्छ । दिपावलीमा मयुरको डिजाइन पनि निकै लोकपि्रय छ । चम्किलो रंग तथा ज्यामितीय डिजाइनबाट मयुरको डिजाइन बन्न सक्छ ।
प्रतिक्रिया 4