Comments Add Comment

गुप्तचरले आंकलन गरे चुनावी नतिजा, कुन दलको हैसियत कस्तो ?

८ कात्तिक, काठमाडौं । वाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला ? के त्यसपछि नेपाली कांग्रेसका नेताहरुले भने झैं वाम अधिनायकत्व स्थापना गर्न सक्ने गरी देशैभर लाल झण्डा फहराउने सम्भावना रहला ? या, यी सबै कुराहरु कागजी बाघ मात्र हुन्, बनको बाघ बन्ने हैसियत बिनाका । यावत् प्रश्नको जवाफ खोजिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हालै जासुसी संयन्त्रले एउटा विश्लेषणत्मक रिपोर्ट बुझाएको जनआस्था साप्ताहिकले समाचार लेखेको छ ।

त्यसमा आगामी निर्वाचनमा वाम गठबन्धन कुन स्थितिमा रहन्छ, नेपाली कांग्रेसले प्रत्यक्ष तथा समानुपातिकमा कति सिट र प्रतिशत ल्याउन सक्छ, एमाले र माओवादीले कति–कति मत र स्थान आफ्नो पक्षमा पार्ने सम्भवना छ भन्नेदेखि लिएर संघीय समाजवादी फोरम नेपाल, राजपा, राप्रपा, नयाँ शक्ति नेपाल र अन्य दलहरुले प्राप्त गर्न सक्ने प्रत्यक्षतर्फका सिटसंख्या र समानुपातिकबाट ल्याउन सक्ने प्रतिनिधित्वको समेत आँकलन गरिएको छ ।

स्थानीय तह निर्वाचन ०७४ मा पार्टीहरुले प्राप्त गरेको मतसंख्या र त्यसको सम्भावित बाँडफाँट समेतको आधारमा दलहरुको भविष्यबारे गरिएको आंकलनले नेपाली कांग्रेस दोस्रो बन्ने देखाएको छ ।

गठवन्धनमा सामेल गराउन कांग्रेसले राजपाको दबाव झेल्नुपर्नेछ भन्दै वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनको विश्लेषण गर्न विगतका निर्वाचनहरुमा प्राप्त मतलाई समेत आधार बनाइएको छ । नेपाली कांग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २६ प्रतिशत विजय हासिल गरेको थियो भने समानुपातिकतर्फ २९.८ प्रतिशत मत पाएको थियो । ०७४ को स्थानीय तह निर्वाचनमा उसले जम्मा ३३ प्रतिशत मत हासिल गरेको देखिन्छ जबकी एमालेले ३४ प्रतिशत मत हात पारेको थियो । प्रत्यक्ष तर्फ ०७० मा जम्मा २४ प्रतिशत र समानुपातिकतर्फ जम्मा २८ प्रतिशत मत प्राप्त गरेर दोस्रो बनेको एमाले अब पहिलो बन्छ बन्ने आधार नै ०७४ को स्थानीय तह निर्वाचनमा उसले प्राप्त गरेको मत प्रतिशत हो ।

माओवादी केन्द्र ०७० भन्दा धेरै नखस्किएको तथ्यांकले देखाउँछ ।

तर वाम गठवन्धनबाट कांग्रेसीहरु जति आत्तिएका थिए त्यति अत्तालिनु नपर्ने अवस्था सो रिपोर्टले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment