Comments Add Comment

विराटनगरमा छठको रौनक

८ कात्तिक, विराटनगर । तिहार सकिएलगत्तै तराईमा मनाइने मुख्य चाड छठको विराटनगरमा रौनक सुरु भएको छ ।

विगतका वर्षमा झैं यसवर्ष पनि छठ पर्वलाई भव्यता प्रदान गर्न विराटनगरका विभिन्न युवा क्लब र छठ पूजा समितिहरुले तयारी गरेका छन् ।

विराटनगरमा रहेका धार्मिक महत्वका खोला,पोखरी र सरोवरहरुलाई झकिझकाउ बनाउन थालिएको छ ।

मुख्य वजार क्षेत्रको पश्चिममा रहेको नहर साथै केशलिय खोला र पूर्व तर्फको सिंघीया खोलालाई छठघाटका लागि सिंगारन थालिएको हो ।

स्थानीय संघ/संस्था र युवा क्लबहरुले छठ माताको मूख्य पूजा स्थलका नहर पोखरी र खोलाहरु सफाइ गर्नुका साथै बिजुली, पण्डाल लगायतको व्यवस्था मिलाउन थालेका छन् ।

चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन नुहाएर चोखो भई खाना खाने र दोस्रो दिन खरना गरिन्छ । त्यसैगरी छठको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ ।

बजार भिडभाड

हिजोदेखि सुरु भएको छठपर्वका अवसरमा विराटनगरको मुख्य बजार क्षेत्र यतिखेर भिडभाड भएको छ ।

छठ पर्वको अवसरमा किनमेल गर्नेको घुइचो लागेसग्ैा मुख्य वजार गुद्री लगायतका स्थानीय वजारमा किनमेल गर्नेको भिड लागेको हो ।

छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्री ह्वातै बढेको छ भने छठपर्वमा छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु-टपरीको व्यापरपनि वढेको स्थानीय व्यपारीको भनाई छ ।

स्थानीय व्यापारी संजय मण्डलका अनुसार बजारमा केरा किन्नेको भीड लागेको छ । प्रतिकेरा घरी २०० देखि ५०० सम्ममा बिक्री भइरहेको छ ।

विराटनगरमा छठमा करिब एक करोडको केरा बिक्री हुनेे व्यापारीको भनाइ छ ।

त्यसैगरी छठी माताको पूजा अचार्नाका लागि उखु,फलफुल,नरिवाल,लगायतका वस्तुकोपनि किनमेल अधिक हुने गर्दछ ।

पहाडे समुदाय पनि छठ पर्वतर्फ आर्कषित

पछिल्लो समय छठ पर्व मनाउने क्रममा पहाडे समुदायकोपनि सहभागीता बढ्न थालेको छ ।

विषेश गरी छठ पर्व मधेशी समुदायले मनाउदै आएको थियो । तर, केही समय यतादेखि यो वर्ष पहाडे समुदायले समेत मनाउन थालेपछि अहिले साझा पर्वको रुप लिदै गएको छ ।

पहाडे र मधेशी समुदायको मिश्रति वसोवास रहेको विराटनगरमा पनि अहिले यो वर्षलाई सवै खाले समुदायले साझा पर्वका रुपमा मनाउन थालेका छन् ।

विराटनगर ४ कि मिना थालेले छठ पर्व मनाउन थालेको चार वर्ष वढी भएको वताइन् ।

उनले छठी माताको वर्त बस्नाले आफूले चिताएको मनोकक्षा पूरा हुने भएकाले प्रत्येक वर्ष स-परिवार छठी माताकेा व्रत बसी पूजा अर्चाना गर्दै आएको उनले बताइन् ।

उनी जस्तै अहिले धेरै जसो पहाडे समुदायका पहाडी समुदायका बिवाहित र अविवाहित महिला पुरुषले पनि छठको चार दिनसम्म नै बिधिवत रूपमा छठ पर्वलाई मनाउने गरेको पाइएको छ ।

उनीहरु मधेसी समुदायसगै मिलेर छठको बिधिवत रूपमा सहभागी हुने गरेका छन् ।

छठ पर्वमा पहाडे र मधेशी समुदाय दुवैले एकै साथ मिलेर छठ पर्व मनाउने क्रममा भएको वृद्धीसगै यो पर्षपनि क्रमिक रुपमा साझा पर्वको रुपमा विकास हुँदै गएको मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment