Comments Add Comment

हिन्दी फिल्म खेल्न प्रभासले करणसँग २० करोड मागे


साउथ चलचित्र ‘बाहुवली र बाहुवली २’ले बक्स अफिसमा धमका नै मच्चायो । यो चलचित्र हिट भएपछि साउथ सुपरस्टार प्रभासको क्रेज बलिउडमा पनि चुलिएको छ । उनलाई लिएर बलिउड मेकरहरु चलचित्र बनाउन लालयित हुन्छन् भन्ने अड्कल पनि धेरैले लगाए ।

प्रभास अहिले ‘साहो’ नामक चलचित्रमा काम गर्दैछन् । यो ३ भाषामा निर्माण भैरहेको चलचित्र हो । तर, प्रभासलाई लिएर हिन्दी चलचित्र निर्माण गर्न खोज्ने निर्माताहरुमा के अड्चन आयो होला ?

भारतीय मिडियाका अनुसार बलिउड निर्माता करण जोहरले प्रभासलाई लिएर एउटा हिन्दी चलचित्र बनाउने तयारी गरेका थिए । यो चलचित्रका लागि प्रभाससँग करणले कुरा पनि गरेका थिए ।

तर, प्रभासको महंगो पारिश्रमिक डिमाण्डका कारण करण ब्याक हटेका थिए । प्रभासले करणसँग चलचित्र खेल्नका लागि २० करोड पारिश्रमिक मागेको भारतीय मिडियामा उल्लेख छ । प्रभासको चर्को डिमाण्डपछि करणले उनीमाथि रिक्स मोल्न नचाहेको खुलासा एक भारतीय पत्रिकाले गरेको छ ।

२० करोड पारिश्रमिक बलिउडमा खान नायकहरु बाहेक अरुले माग्दैनन् । यसैले, प्रभासलाई करणले २० करोड दिन नचाहेपछि यो प्रोजेक्ट रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment