हामी मुख र दाँतको सफाईमा उति ख्याल गर्दैनौ । बिहान एक पटक मात्र दाँतमा ब्रस गर्ने चलन हुन्छ । बिहान ब्रस गर्नुको त्यती अर्थ हुँदैन, जति खाना खाइसकेपछि गर्नु हुन्छ । खाना खाइसकेपछि बिहान र बेलुकी दुई पटक कम्तीमा ब्रस गर्नुपर्छ । यसले दाँतलाई सफा राख्छ ।
तर, दाँतको सफाई मात्र पनि पर्याप्त छैन । समग्र मुखको सफाइको लागि जिब्रोको सफाईमा पनि ध्यान दिनुपर्छ ।
अध्ययनहरुले भन्छ, जिब्रोको सफाईबाट धेरै रोगको सम्भावना टार्न सकिन्छ । अर्थात जिब्रो पनि रोगको स्रोत बन्न सक्छ, जब त्यसलाई सफा गरिँदैन ।
टंग स्क्र्यापीङ
दाँत ब्रस गर्नुअघि जिब्रो सफा गर्ने सरल अभ्यासलाई ‘टंग स्क्र्यापीङ’ भनिन्छ । यति मात्र होइन, यसले भोलाटाइल सल्फर कम्पाउन्ड्स -वीएससी) लाई कम गर्छ जो मुखभित्रको ब्याक्टेरियाबाट बन्छ र यसबाट सासको दुर्गन्ध सुरु हुन्छ ।
परम्परागतरुपमा आयुर्वेदिक ग्रन्थमध्ये एक चरक संहिताका अनुसार टंग स्क्र्यापर्स सुन, चाँदी, तामा, टिन वा पित्तलबाट बनेको हुनुपर्छ । सुन र चाँदीका स्क्र्यापर आममानिसको बजेटभित्र पर्दैन । त्यसैले अध्ययनले तामाको क्लिनरको सल्लाह दिएको छ । प्राचीन कालदेखि तामालाई ब्याक्टेरिया प्रतिरोधि धातुका रुपमा प्रयोग गरिन्छ र, यही कारण यसले जिब्रो सफा गर्दा कैयन् लाभ प्राप्त हुन्छन् ।
तपाईंको मुख ब्याक्टेरियाले भरिएको हुन्छ र तामाको क्लीनरले सफा गर्दा ब्याक्टेरिया कम हुन्छ । यसले मुखबाट टक्सिन मात्र होइन हानिकारक ब्याक्टेरियालाई पनि बाहिर निकाल्न सहयोग गर्छ । यो तामाको एन्टिब्याक्टेरियल गुण हो जसले यसलाई प्रभावकारी टंग क्लिनर बनाएको हो ।
मौखिक स्वच्छता किन आवश्यक ?
एक गिलास पानी पिउँदा मौखिक स्वच्छता, जिब्रोको सफाई र ब्रसिङमा मद्दत मात्रै मिल्दैन, बल्कि पाचन प्रक्रियालाई सुधार गर्ने पनि यो एउटा राम्रो उपाय हो । टंग स्क्र्यापिङले जिब्रोको स्वाद मात्रै राम्रो बनाउँदैन, खाद्य पदार्थलाई सही तरिकाले पचाउन पनि सहयोग गर्छ ।
एउटा तामाको टंग स्क्र्यापरले केवल मुखको स्वच्छता मात्रै कायम राख्ने होइन कि यसको प्रयोग नगर्दा पनि ब्याक्टेरिया जम्मा हुनबाट रोक्छ । यसका फाइदाजनक गुणहरुले गर्दा तामाको स्क्र्यापर अति उपयोगी छ । यद्यपि स्टेनलेस स्टीलको प्रयोग पनि गर्न सकिन्छ ।
प्रक्रिया १ः
बिहान उठ्नासाथै आफ्नो जिब्रोलाई स्क्र्याप गर्नुस । सबैभन्दा पहिले गर्नुपर्ने यही हो । यदि तपाईं राति नै ब्यूँझनुभयो भने पनि एक गिलास पानी पिएर जिब्रो स्क्र्याप गर्नुस । यसबाट विषाक्त पदार्थ कम हुन्छ ।
प्रक्रिया २ः
आफ्नो स्थिर जिब्रोमा यू आकारको टंग स्क्र्यापरको उपायोग गरेर जिब्रोको पछाडि विस्तारै बिस्तारै पुग्नुस र पछाडिबाट अगाडि तान्नुस । यसलाई ५-१० चोटि दोहोर्याउनुस ।
प्रक्रिया ३ः
ब्रसिङ -गैर फ्लोराइड टूथपेस्टका साथ), फ्लसिङ र एक ठूलो गिलास पानीसँगै टंग स्क्र्याप गर्नुस ।
प्रक्रिया ४ः
हरेक दिन ब्रस गर्नुअगावै आफ्नो जिब्रो सफा गर्ने बानी बसाल्नुस् ।
प्रतिक्रिया 4