+
+

रणवीरको हातमा फिल्म नै फिल्म, आमिरसाग पनि देखिने

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ९ गते १३:५४


नायक रणवीर सिंहको हातमा अहिले चलचित्रको कुनै कमी छैन । रणवीर बलिउडमा नयाा स्टारको रुपमा अगाडि बढिरहेका छन् । उनी अभिनित चलचित्र ‘पद्यमावती’ डिसेम्बर १ तारिखमा रिलिज हुादैछ ।

रणवीरको चर्चा बलिउडमा यति धेरै चुलिएको छ कि, उनको हातमा चलचित्रको कमी नै छैन । उनलाई चलचित्रमा लिनका लागि निर्माता-निर्देशक पर्खिरहेका छन् ।
रणवीर निर्देशक रोहित सेट्टीको नयाा चलचित्रमा काम गर्न तयार भएका छन् । यो चलचित्रको छायांकन पनि चाडै सुरु हुनेछ । यस्तै, उनको हातमा क्रिकेटर कपिल देवको बायोपिक पनि छ । जसलाई, कविर खानले निर्देशन गर्दैछन् ।

अब, उनी नायक आमिर खानले काम गर्न लागेको नयाा चलचित्रमा पनि देखिन लागेको भारतीय मिडियामा खबर छ । ‘राकेश शर्मा बायोपिक’मा उनी विशेष भूमिकामा देखिन लागेका छन् । चलचित्रका मुख्य नायक आमिर खान रणवीरले यो चलचित्रमा विशेष भूमिकामा काम गरुन् भन्ने चाहन्छन् ।

यसका लागि आमिर र रणवीरविच भेटघाट पनि भैसकेको छ । यो चलचित्रलाई सिद्धार्थराय कपुरले निर्माण गर्दैछन् । रणवीर र आमिर एकसाथ देखिए भने दुबै कलाकारका फ्यानका लागि नयाा गिफ्ट नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?