Comments Add Comment

हराएको तीन दिनपछि जंगलमा शव भेटियो

९ कात्तिक, नुवाकोट । विदुर नगरपालिका-२ का पुरुषोत्तम लोहनी हराएको तीन दिनपछि मृत्त अवस्थामा भेटिएका छन् ।

सोमबार दिउँसो बट्टार बजार आएका ३२ वर्षका लोहनी बिहीबार विदुर नपा-२ शेरा जंगलमा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

लोहनीलाई बाहुनडाँडास्थित खोल्सामा स्थानीयबासिन्दाले मृत्त देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment