+
+
Shares

निर्वाचित वडाध्यक्षसहित सम्पूर्ण सदस्य माओवादीमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १० गते ८:१४

१० कात्तिक, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका– ८ का निर्वाचित वडाध्यक्ष सुकबहादुर लामाको नेतृत्वमा वडाका सम्पूर्ण जनप्रतिनिधिसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

बिहीबार साँझ माओवादी केन्द्र अध्यक्ष प्रचण्डनिवास लाजिम्पाटमा आयोजित कार्यक्रममा स्वतन्त्र रुपमा वडाध्यक्षमा निर्वाचित लामा, वडा सदस्य आत्माराम खड्का, राजकुमार दनुवार, विन्दु तामाङ, चनमती सुनुवार, नगर सदस्य सरोज दनुवारलगायत नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी वडाध्यक्ष लामाले स्थानीय तहको निर्वाचनमा आफूहरुले कुनै पार्टीमा नलागी चुनाव लडेको भए पनि मुलुकको आवश्यकतालाई ध्यान दिएर माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।
उनीहरुलाई पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेदवारका हैसियतले निर्वाचन जित्ने कुरा सामान्य नभएको भन्दै माओवादी पार्टीको नीति र योजनाबाट मात्रै स्थानीय तहका जनप्रतिनिधिले जनचाहनानुरुप काम गर्नसक्ने बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?