+
+

भक्तपुरका चालक–सहचालकले अंग्रेजी सिक्नुपर्ने !

रासस रासस
२०७४ कात्तिक ११ गते ७:४९

११ कात्तिक, भक्तपुर । भक्तपुरमा सवारी चलाउने चालक र सहचालकले अनिवार्य रुपमा अंग्रेजी सिक्नुपर्ने सुझाव विभिन्न व्यक्तिहरुले दिएका छन् । भक्तपुर नगरपालिकाले पर्यटकलाई लक्ष्य गर्दै चालक र सहचालकले अनिवार्य अंग्रेजी बोल्नु सिक्नुपर्ने सुझाव भक्तपुरका राजनीतिक दल तथा तिनका नेताले दिएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भक्तपुर आउने पर्यटकसँग बोल्न चालक तथा सहचालकले अंग्रेजी सिक्नुपर्ने बताए ।

भक्तपुर मिनीबस सेवा समितिका नवनिर्वाचित पदाधिकारीकोे शुक्रबार आयोजित पदस्थापन कार्यक्रममा उनले केही नपढेका र घरमा आमाबुबालाई समेत नटेर्ने युवा चालक सहचालक हुन्छन् भन्ने समाजको बुझाइ रहेकाले सो भ्रम चिर्न चालक सहचालकले यात्रुसँग राम्रो व्यवहार गर्नुपर्ने समेत उनले बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्यले समितिले भक्तपुर जिल्लाभर आफ्नो सेवा विस्तार गर्दै समाजको मन जित्नुपर्ने बताए ।

नवनिर्वाचित अध्यक्ष दिनेश प्रधानले समितिअन्तर्गतका गाडी र त्यसका चालक तथा सहचालक सम्बन्धमा आएको गुनासोलाई कम गर्दै सेवा सुविधा यात्रुअनुकूल बनाउँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।

मिनीबस सेवा समितिले आफ्ना गाडीमार्फत भक्तपुरभित्र स्थानीय भाडा रु १० मात्रै लिने निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । समितिको यही कात्तिक १ गते सम्पन्न १२औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले उक्त निर्णयलाई लागू गर्ने बताएको हो ।

समितिको अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गरेको थियो । नवनिर्वाचित पदाधिकारीलाई नेता सुवालले प्रमाणपत्र वितरण तथा निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?