+
+

सुनसरीमा कसलाई कुर्दैछ वाम गठबन्धन ?

धरानमा अशोक राईलाई सघाउन संघीय समाजवादीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १२ गते ११:०८

१२ कात्तिक, काठमाडौं । दोस्रो चरणको चुनाव हुने अधिकांश जिल्लाको सिट बाँडफाँट गरेका एमाले र माओवादीको कार्यदलले सुनसरीबारे छलफल नै गरेन ।

शीर्ष नेताद्वय केपी शर्मा ओली र प्रचण्डको उपस्थितिमा लगातार दुई दिनदेखि कार्यदलको बैठक चलिरहेको छ । तर, अझै पनि सुनसरीबारे कुनै निर्णय भएको छैन ।

सुनसरीमा कसलाई कुर्दैछ वाम गठबन्धन ? कार्यदलका एक सदस्यका अनुसार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग अनौपचारिक सम्वाद चलिरहेको छ ।

फोरमले राजपासँग साझा उम्मेदवार उठाउने सहमति गर्नुका साथै कांग्रेससँग सम्वाद पनि गरिरहेको छ । तर, साझा उम्मेदवार उठाउने राजपाको सहमति प्रदेश २ मात्र हुने र कांग्रेसले सुनसरीमा फोरमसँग तालमेल गर्ने अवस्था छैन । त्यसैले वाम गठबन्धनले संघीय फोरमसँग सुनसरीमा तालमेल गर्न चाहेको एक नेताले बताए ।

सुनसरीमा प्रतिनिधिसभाका ४ र प्रदेशसभाका ८ सिट छ । स्थानीय तहको मतका आधारमा प्रतिनिधिसभाको चार सिटमध्ये १ मा फोरमको ७५६ मत छ भने दुईमा ४ हजार ८२, तीनमा २ हजार ७३९ र ४ मा ७ हजार ६२४ मत छ ।

क्षेत्र नम्बर १ मा वाम गठबन्धन बलियो छ । तर, बाँकी ३ क्षेत्रमा फोरमको मत थोरै भए पनि जित हारमा निणर्ायक हुने भएकाले वाम गठबन्धनले तालमेल गर्न चाहेको छ । संघीय फोरमले भने यसबारे केही बोल्न चाहेको छैन ।

धरानमा अशोक राई नभए ध्यानबहादुरको दाबी

बोल्न यसैवीच सुनसरीको धरानलाई समेत समेटिएको क्षेत्र नम्बर १ संघीय समाजवादीले बरिष्ठ नेता अशोक राईलाई उम्मदेवार बनाउने तयारी गरेको छ ।

अशोक राई

सुरुमा संघीय समाजवादीले अशोक राईका लागि छाडिदिन नेपाली कांग्रेससँग माग गरेको छ । तर, कांग्रेस नेता मीनबहादुर विश्वकर्मा सो क्षेत्रमा उठ्ने भएकाले कांग्रेसले संघीय समाजवादीसँग तालमेल गर्ने सम्भावना न्यून छ ।

एमाले माओवादी गठबन्धनले सुनसरीमा उपेन्द्र यादवलाई प्रतिनिधिसभामा एक स्थान छाडिदिने संकेत गरे पनि यादव सप्तरी, सुनसरी वा मोरङ कहाँबाट उठ्ने भन्ने अझै टुंगो लागेको छैन ।

तर, संघीय समाजवादीलाई वाम गठबन्धनमा ल्याउने हो भने अशोक राईलाई सुनसरी १ मा प्रतिनिधिसभाका लागि समर्थन गर्नुपर्ने सो पार्टीको माग छ ।

तथापि गोरखामा माओवादीले बाबुराम भट्टराईलाई छाड्न नमानेजस्तै सुनसरीमा अशोक राईलाई एमालेले समर्थन गर्ने सम्भावना कम देखिन्छ ।

प्रतिनिधिसभामा अशोक राईलाई उठाउने अवस्था नआए सुनसरी १ मा एउटा प्रदेशमा पूर्वमेयर ध्यानबहादुर राई संघीय समाजवादीबाट उम्मेदवार बन्ने सम्भावना छ ।

एमालेसँग तालमेल नभए कांग्रेससँग तालमेल गरेर भए पनि प्रदेशसभामा जित्ने ‘प्लान बी’ संघीय समाजवादीले बनाएको एक नेताले अनलाइनखरलाई जानकारी दिए ।

संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र वाम दुबै गठबन्धनसँग तालमेल गर्न सकिने नीति लिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?