+
+
Shares

मोरङमा वाम तालमेलः एमालेलाई चार, माओवादीलाई दुई सीट

प्रदेशसभाका १२ सिटमा बराबरी भागवण्डा

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १२ गते १९:२७

 

१२ कात्तिक, बिराटनगर । नेकपा एमाले र माओवादीले मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ सिट र २ सीटमा भागवण्डा गरेका छन् । प्रदेशसभाका १२ सीटमध्ये दुबै पार्टीले आधा-आधा बाँडेका छन् ।

आइतबार भएको सहमति अनुसार मोरङको क्षेत्र नम्बर ४ र ५ माओवादीले पाउने भएको छ । क्षेत्र नम्बर १, २, ३ र ६ एमालेको भागमा परेको छ ।

एमालेले क्षेत्र नम्बर ३ मा भानुभक्त ढकाललाई टिकट दिएको छ । क्षेत्र नम्बर ६ मा लालबाबु पण्डित कांग्रेस नेता शेखर कोइरालासँग चुनाव लड्दैछन् । क्षेत्र नम्बर ३ मा भानुभक्त ढकालसँग कांग्रेस उम्मेदवार मेडिकल सञ्चालक सुनील शर्मा भिड्दैछन् ।

मोरङको क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट माओवादी नेता शिवकुमार मण्डल चुनाव लड्ने भएका छन् । यस क्षेत्रमा कांग्रेसले उम्मेदवार तय गरिसकेको छैन ।

माओवादीले पाएको क्षेत्र नम्बर ४ मा कांग्रेसबाट महेश आचार्य चुनाव लड्दैछन् । यहाँ माओवादीले उम्मदेवार तय गर्न बाँकी छ ।

प्रदेशमा बराबर

मोरङका १२ वटा प्रदेशसभा सिटमा एमाले र माओवादीले बराबरी बाँडेका छन् । माओवादीले १, २, ३, ४ र ६ नम्बर क्षेत्रका प्रदेश नम्बर (क) पाएको छ भने ५ नम्बर क्षेत्रको प्रदेश नम्बर (ख) मा टिकट पाएको छ । बाँकी ६ वटा सिट एमालेले पाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?