Comments Add Comment

गोरखाको चुनावमा सुरक्षा चुनौतीः अधिकांश प्रहरी चौकी टेन्टमै

भूकम्पले भत्किएका चौकी पुनर्निर्माण भएनन्, दरवन्दी पनि अपुग

टेन्टमा सञ्चालन भइरहेको बुंकोट प्रहरी चौकी ।

१४ कात्तिक, गोरखा । गोरखा क्षेत्र नम्वर २ मा ‘हेभीवेट’ नेता डा. बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठ आगामी चुनावमा भिड्ने भएपछि सबैको ध्यान केन्द्रित भएको छ । तर निर्वाचन सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीको दयनीय अवस्थामा भने कसैको ध्यान पुगेको छैन ।

गोरखा क्षेत्र नम्वर २ मा रहेका अधिकांश मतदान स्थलहरु अति सम्वेदनशील छन् । सोही क्षेत्रमा रहेका अधिकांश प्रहरी चौकीहरु अझै पनि टेन्टमा छन् । बुंकोट, आर्खेत, सौरपानी, मान्वु, रातमाटे, बालुवा र घ्याम्पेसाल प्रहरी चौकीहरु टेन्टको भरमा चलिरहेका छन् ।

भूकम्प गएको करिव ३० महिना पुगिसक्दा पनि भत्किएका प्रहरी चौकीहरु पुनर्निर्माण हुन सकेका छैनन् । टेन्टमा चौकीहरु सञ्चालन हुँदा सेवा प्रवाहमा समस्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले बताए । ‘चुनावको समयमा सुरक्षा सम्वेदनशिलता बढी हुन्छ,’ डिएसपी रिजालले भने, ‘फेरि अधिकांश चौकीहरु टेन्टमा छन्, समस्या छ ।’

टेन्टमा रहेका मध्य बुंकोट, रातमाटे र घ्याम्पेसाल प्रहरी चौकीहरुको भवन पुनर्निर्माण भइरहेको उनले जानकारी दिए ।

त्यस्तै जिल्लामा आवश्यक दरवन्दीअनुसार प्रहरी नहुँदा पनि समस्या भएको छ । कुल ६५२ जनाको दरबन्दी रहे पनि ४४ दरवन्दी रिक्त छ । डिएसपी रिजालले दरबन्दीमा रहेकामध्ये २२५ जना जनशक्ति पनि बिभिन्न कारणले जिल्लामा नरहेको बताए ।

बिभिन्न समस्या भएपनि चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि भने सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिने उनले दावी गरे । उनले भने, ‘कठिनाइहरु भोगेर पनि हामी शान्तिपूर्ण र भयरहित रुपमा चुनाव सम्पन्न गर्ने छौं ।’

निर्वाचनका लागि गोरखामा दुई सय २१३ मतदान स्थल र २८२ मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्य ६८ मतदान स्थल अति संवेदनशिल, ११३ संवेदनशिल र १२ सामान्य रहेका छन् । चुनावी सुरक्षार्थ गोरखामा १८ सय ५८ म्यादी प्रहरी भर्ना गरिएको छ । गोरखामा कुल एक लाख ८९ हजार ४४८ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment