Comments Add Comment

माओवादीले प्रदेश-२ को उम्मेदवार छान्यो, कांग्रेसबाट आएका दासले पनि टिकट पाए

१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश-२ को उम्मेदवारहरु टुंगो लगाएको छ । उम्मेदवार टुंगिएसँगै नेताहरु टिकट लिएर आआफ्नो निर्वाचन क्षेत्रतर्फ हिडेका छन् ।

धनुषाको-१ बाट मातृका यादव, २ बाट रामचन्द्र झा र ३ बाट राम सिंह यादव प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । एमाले र माओवादीको भागवण्डामा सुरुमा क्षेत्र नम्बर ३ स्वतन्त्र भनिएको थियो तर, अन्तिममा माओवादीले लिएको छ ।

प्रदेशतर्फ-१ को खमा रामचन्द्र मण्डल उम्मेदवार भएका छन् भने अन्य टुंगिएको छ ।

महोत्तरी-१ बाट प्रतिनिधिसभा सदस्यमा गिरिराजमणि पोखरेल उम्मेदवार बनेका छन् भने २ को उम्मेदवार टुंगिएको छैन ।

प्रदेशतर्फ-१ को खमा भरत साह र ३ को खमा रामआधार कापरले टिकट पाएका छन् ।

सिरहाको क्षेत्र नम्बर-२ मा सुरेशचन्द्र दास र ४ मा पूर्वमन्त्री अजयशंकर नायक उम्मेदवार बनेका छन् ।

पूर्वमन्त्री दास मंगलबार मात्र कांग्रेस छाडेर माओवादी केन्द्र प्रवेश गरेका थिए ।

प्रदेशतर्फ २ को कमा जिबछ यादव र ३ को खमा रामकुमार यादव उम्मेदवार बनेका छन् । यस्तै ४ को कमा दिलिप साहले टिकट पाएका छन् ।

यस्तै सप्तरी-१ मा अशोक मण्डल र २ मा उमेश यादवलाई टिकट दिइएको छ । प्रदेशसभातर्फ १ को खमा सतिल अली मिया, २ को कमा सरोज मण्डल र ख मा महेश यादव र ४ को खमा बालेश्वर यादव उम्मेदवार भएका छन् ।

सर्लाहीको-२ मा दिनेश यादव, ३ मा रामेश्वर राय यादव र ४ मा शिवपुजन यादव उम्मेदवार बनेका छन् । रामेश्वर स्थानीय चुनाव अघि मात्र फोरम लोकतान्त्रिक छाडेर माओवादी प्रवेश गरेका थिए भने शिवपुजन फोरमबाट तमलोपा हुँदै माओवादी पुगेका हुन् ।

प्रदेशतर्फ १ को ‘क’मा रामचन्द्र सिंह कुसवाह वा रामपृत यादव मध्ये एकले टिकट पाउनेछन् । २ को ‘क’मा दिनेश यादव ३ को ‘ख’मा रामबाबु सिंह कुसवाह र ४ को ‘क’मा फकिर महतो र खमा रामनारायण यादवले टिकट पाएका छन् ।

रौतहटको १ मा सत्यनारायण भगत र ३ मा विना विभागीयमन्त्री प्रभु साह उम्मेदवार बनेका छन् । प्रदेशतर्फ १ को ‘ख’मा उपेन्द्र साह, २ को ‘ख’मा सुरेन्द्र जैसवाल, ३ को ‘ख’मा कुन्दन कुसवाह र ४ को ‘क’मा देवेन्द्र पटेल उम्मेदवार छन् ।

बारामा शिवचन्द्र कुशवाहले क्षेत्र नम्बर २ मा प्रतिनिधिभसभाको टिकट पाएका छन् । प्रदेशतर्फ १ को ‘ख’मा इस्लाम अन्सारी, २ ‘क’मा गणेश साह, ३ ‘क’मा ज्वालाकुमारी कुसवाह र ४ को ‘ख’मा उमेश कुसबाहले टिकट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment