+
+

रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १६ गते १४:४६

१६ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएका छन् ।

जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट टिकट मागेका थिए । तर कांग्रेसले बरिष्ठ नेता पौडेललाई टिकट दिएपछि जोशीले बागी उम्मेदवारी दिएका हुन् ।

पार्टीले स्थानीय कार्यकर्ता र जनताको भावना विपरित रामचन्द्र पौडेललाई टिकट दिएकाले आफू स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको जोशीले बताए । जोशीले यसअघि सो क्षेत्रमा आफ्नो उम्मेदवारी दावी गर्दै दमौलीमा प्रदर्शन समेत गरेका थिए ।

जोशीको उम्मेदवारी दर्ताअघि सम्पर्क कार्यालयमा उनका समर्थक कांग्रेस कार्यकर्ताहरु जम्मा भएका थिए । जोशीले कांग्रेसको चारतारे झण्डा सहित जुलुस लिएर उम्मेदवारी दर्ता गराएका छन् ।

उनले कांग्रेसको टिकट वितरणमा नातावाद,कृपावाद र ठूलो आर्थिक चलखेल भएको भन्दै आफू जित्नका लागि उम्मेदवार भएको बताए । उनले आफ्नो साथमा कांग्रेसका कार्यकर्ताहरु रहेको बताए ।
जोशीको समर्थनमा भानु नगरपालिकाका मेयर समेत रहेका कांग्रेस क्षेत्रीय सभापति उदयराज गौली पनि उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?