Comments Add Comment

महन्थ ठाकुर विरुद्ध चन्द्रेश्वर झा स्वतन्त्र उम्मेदवार

१६ कात्तिक,महोत्तरी । महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर विरुद्ध सोही पार्टीका नेता निवर्तमान सांसद चन्द्रेश्वर झा बागी उम्मेदवार बनेका छन् ।

यसअघि २०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका झा पुनः स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

झा केही महिनाअघिमात्र राजपा प्रवेश गरेका थिए । राजपा प्रवेश गरेर महोत्तरीका स्थानीय तह चुनावमा राजपालपाई जिताउन सघाएका झालाई राजपाले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका हुन् ।

स्वतन्त्र उम्मेदवार बनेर एक्लै जितेका झाको उम्मेदवारीले राजपा नेता ठाकुरलाई अप्ठेरो पर्ने देखिएको छ ।

महात्तरी सदरमुकाम जलेश्वर लगायतका क्षेत्रमा ठाकुरलाई लक्षित गर्दै बाहिरिया उम्मेदवार भगाउँ भन्ने नारा सहितको कालो ब्यानर घर घरमा टाँगिएको छ ।

सर्लाही ६ बाट दुई पटक चुनाव हारेका ठाकुर यसपाली महोत्तरी ३ बाट उम्मेदार बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment